देश रोड म्याप तयार गर्न युवा शक्तिको आवश्यकता रहेको- मन्त्री सोनल

साझेदारी दैनिक
साझेदारी दैनिक 632 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

रञ्जन यादब/
प्रदेश नम्बर दुई सरकारका भौतिक पुर्बधार बिकास मन्त्री जितेन्द्र सोनलले देशलाई कतातर्फ लैजाने हो भन्ने रोड म्याप तयार गर्न युवा शक्तिको आवश्यकता रहेको बताएका छन ।

बाराको जीतपुरमा शनिवार स्थानीय युनिक युवा क्लबले आयोजना गरेको रक्तदान कार्यक्रमको उद्घाटन गरे पश्चत कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सोनलले राज्य र समाजलाई सही दिशातर्फ डो¥याउँने शक्ति युवासँग रहेको बताएका छन ।
मन्त्री सोनलले देशको भबिष्य युवाको हातमा भएकाले युवा जुन दिशातर्फ गयो देश त्यही दिशातर्फ लम्किनेमा जोडदिदै युवाले देशको नेतृत्वकर्ताहरुलाई दबाब दिई सही दिशामा ल्याउँनुपर्ने अवस्था आएको अवगत गराएका छन ।

सोही कार्यक्रममा वोल्दै जनता समाजवादी पार्टीका नेता समेत रहेका मन्त्री सोनलले राष्ट्रिय राजनीतितर्फ ईङगीत गदै देश अहिले राष्ट्रियता, नागरिकता , भुगोल, धार्मिक, साँस्कृतिक लगायतको चरम बिवादमा फसेको बताएका छन ।

युनिक युवा क्लबका अध्यक्ष दिपक गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रामबाबु गुप्ता , जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य गणेशजी प्रसाद साह, जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका अध्यक्ष संजय कुमार साह, जसपा पाटीका क्षेत्रीय संयोजक घनश्याम गिरी, जसपा पाटीका नगर संयोजक शिवजी साह सोनार , नेपाल राष्ट्रिय हिन्दु एकता संघका केन्द्रिय सदस्य राजा गिरी, जसपाका जिल्ला सदस्य रामबाबु कलवार लगायतको उपस्थित रहेको थियो ।

उक्त रक्तदान कार्यक्रममा २ जना महिला सहित एक सय भन्दा बढिले रक्तदान गरेको युनिक क्लबका सचिन श्रीवास्तवले जानकारी बताए । रक्तदान गर्नेहरुलाई मन्त्री सोनलले रक्तदानको प्रमाणपत्र बितरण गरेका थिए ।

समाचार शेयर गर्नुहोस
Leave a review