कानु समाज नेपालको तेस्रो अधिवेशन कलैयामा सम्पन्न

साझेदारी दैनिक
760 पाठक संख्या

कानु समाज नेपालको तेस्रो अधिवेशन सम्पन्न भएको छ । बाराको कलैया स्थित दास गेष्ट हाउसमा बुधबार तेस्रो अधिवेशन सम्पन्न भएको हो ।

नागेन्द्र साह कानुको अध्यक्षतामा १५ सदस्यी कार्य समिति चयन भएको सचिव सम्पत साह कानुले जानकारी गराएका छन् ।

सो अवसरमा कानु समुदायबाट जनप्रतिनिधिमा विजयी भएका आदर्शकोतवाल गाउपालिकाका मेयर जवाहर प्रसाद साह, फेटाको कार्यपालिका सदस्य मदन गुप्ता, प्रसौनीको वडा सदस्य राजेश गुप्ता, कलैया वडा नम्वर ३ का वडाध्यक्ष मोहन साह कानु लगायतका जनप्रतिनिधिलाई सम्मानित गरिएको थियो ।

ओमप्रकाश गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि ज्वाला कुमारी साह, केन्द्रीय अध्यक्ष किशोरी साह कानु, महासचिव किशोरीलाल साह कानु, सचिव हरिहर साह कानु, उपाध्यक्ष मदन प्रसाद गुप्ता, केन्द्रीय उपाध्यक्ष उमेशचन्द्र गुप्ता, केन्द्रीय सदस्य जयकिशुन प्रसाद साह, सुरेश मोदक, नागेंद्र प्रसाद साह, नगर युवा अध्यक्ष उदित कुमार साह, कानु पत्रकार संघका अध्यक्ष अजय साह, पत्रकार प्रणय साह लगायत हजारौ कानु समुदायको सहभागिता रहेको थियो । कार्यक्रमको सन्चालन कानु पत्रकार संघ बाराका सचिव रमेश साहले गरेका थिए ।

Leave a review