नेपाल प्रेस युनियनको ३२औं स्थापना दिवसको अवसरमा बिरामीहरूलाई फलफूल वितरण

साझेदारी दैनिक
2.8k पाठक संख्या

सन्दिप यादव/

नेपाल प्रेस युनियनको ३२औं स्थापना दिवसको अवसरमा बिरामीहरूलाई फलफूल वितरण कार्यक्रम सम्पन्न भएको छ ।

प्रादेशिक अस्पताल कलैयामा शनिबार एक कार्यक्रम आयोजना गरि नेपाल प्रेस युनियन बाराले ३२ औं स्थापना दिवसको अवसरमा कलैया अस्पतालमा बिरामीहरूलाई फलफूल वितरण गरि स्थापना दिवस मनाएकाे हाे ।

लोकतन्त्रवादी पत्रकारको छाता संस्था युनियनको स्थापना २०४८ सालमा भएको थियो ।

वि.सं २०४८ जेठ १३ गतेका दिन प्रजातान्त्रिक पत्रकारको भेलाले लोकतन्त्र र श्रमजिवी पत्रकारको पक्षमा सङ्गठित रुपमा अगाडि बढ्ने अठोट सहित नेपाल प्रेस युनियनको स्थापना गरेकाले जेठ १३ मा स्थापना दिवस मनाउने गरिएको युनियन बाराका अध्यक्ष श्यामबाबु प्रसाद यादवले बताउनु भएको छ ।

प्रादेशिक अस्पताल कलैया बारामा आपतकालीन,आईसीयू,गर्भवती महिला,जेनेरल ,अपरेशन वार्डमा रहेका ६० जना बिरामीहरुलाई फलफूल वितरण गरिएको थियो ।

नेपाल प्रेस युनियन बाराका अध्यक्ष यादवको अध्यक्षतामा र प्रादेशिक अस्पताल कलैयाका डाक्टर सरोज साह र डाक्टर श्याम सुन्दर महतोको सहकार्यमा फलफूल वितरण कार्यक्रम भएको थियो ।

उक्त कार्यक्रममा युनियनका केन्द्रिय सदस्य गणेश रिजाल,नेपाल प्रेस युनियन मधेस प्रदेशका अध्यक्ष सत्य प्रकाश श्रेष्ठ,नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारी,युनियन मधेस प्रदेशका सदस्य संजीव मिश्रा,सिकेन्द्र पासवान,पत्रकार महासंघ बाराका पुर्व उपाध्यक्ष राकेश पाण्डेय,सुजित आर्याल,प्रेस युनियन बाराका सचिव राजेश कुशवाहा,सदस्य प्रभु यादव,सन्दिप यादव,अन्जली गुप्ता लगायतको उपस्थिति रहेको थियो ।

Leave a review

This will close in 0 seconds