बन्यजन्तु ब्यवस्थापन सम्बन्धी पाँच दिने तालिमको समापन

साझेदारी दैनिक
साझेदारी दैनिक 218 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

रञ्जन यादव/

बाराको सिमरामा सञ्चालित बन तथा बन्यजन्तु ब्यवस्थापन सम्बन्धी पाँच दिने तालिमको समापन भएको छ ।

बन संरक्षण क्षेत्रमा कार्यरत जनशक्तिहरुको क्षमता अभिबृद्धि र बन तथा बन्यजन्तु ब्यवस्थापन सम्बन्धि जानकारी दिने उदेश्यले तालिमको आयोजना गरिएको तालिमको ब्यवस्थापक रेञ्जर सन्दिप पटेलले जानकारी दिनुभयो

तालिमको पहिलो दिन आर्थिक ब्यवस्थापन सम्बन्धि ,दोस्रो दिन मानसिक तनाव मुक्त सम्बन्ध , तेस्रो दिन ऐन ,कानुन र बनको अवस्था र रणनिती सम्बन्धि , चौथो दिन बन तथा बन्यजन्तु ब्यवस्थापन सम्बन्धि र पाँचौ दिन पर्सा राष्ट्रिय निकुञ्जको अवलोकन तथा यसले अबलम्बन गरेको रणनितीको स्थलगत अवलोकन तथा फिल्ड अभ्यास गरिएको छ ।

समाचार शेयर गर्नुहोस
Leave a review