एक अध्ययनले जीतपुरसिमरा उपमहानगरपालिकाले लगाएको सम्पत्ती कर आर्थिक बर्ष २०७१।०७२ पनि भन्दा करिब ३६.५ प्रतिशत कम देखिएको छ ।
एक लाख बर्गफिटमा बनाईएको भौतिक संरचनाको मुल्य १८ करोड थियो भने सम्पत्ती कर ६ लाख ८४ हजार लागिरहेको थियो । सोही प्रकृतिको संरचनालाई आर्थिक बर्ष २०८०।०८१ सम्म पुग्दा ४ लाख ३५ हजार ४ सय रुपैया मात्र तिर्नुपरेको उपमहानगरपालिकाको ईन्जिनीयर अभयकान्त झाले जानकारी दिनुभयो ।
बजारमा जीतपुरसिमरा उपमहानगरपालिकाले सम्पत्ती कर बढाएको हल्ला चलिरहेको समयमा यस्तो तथ्याङ्क सार्बजनिक भएको छ । साबिकको गढीमाई नगरपािलका हुँदादेखि हालको जीतपुरसिमरा उपमहानगरपालिका बन्दा सम्म १० बर्षको कार्यकालको अध्ययन गर्दा सम्पत्ती कर बढ्नुको सट्टा घटेको देखिएको ईन्जिनीयर झाले बताए ।
आर्थिक बर्ष २०७१।०७२ देखि २०७४।०७५ सम्म सम्पत्ती करको दर एकै नासको छ भने आर्थिक बर्षमा २०७५।०७६ मा कसैको स्वार्थपुर्ति गर्न साबिकको करको दरभन्दा करिब ९७.५ प्रतिशतले कर घटाईएको जस्तो देखिन्छ । त्यस्तै आर्थिक बर्ष २०७६।०७७ मा साबिक भन्दा करिब ९३.५ प्रतिशत कमि ,आर्थिक बर्ष २०७७।०७८ मा करिब ९१ प्रतिशत कमी ,आर्थिक बर्ष २०७८।०७९ मा करिब ८.५ प्रतिशत कमी , आर्थिक बर्ष २०७९।०८० र २०८०।०८१ मा करिब ३६.५ प्रतिशतले कमी आएको तथ्याङ्कले देखाएको छ ।

