बारामा हतियारसहित एक जना पक्राउ, पाँच दिन म्याद थप

साझेदारी डेलि
78 पाठक संख्या

बारा । बाराको निजगढ नगरपालिका–११ रतनपुरबाट प्रहरीले भरुवा बन्दुक, बारुद र पासोसहित एक जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले मंगलबार बिहान करिब १०ः४५ बजे रतनपुर पश्चिम टोलस्थित फुटबल ग्राउण्ड नजिकबाट स्थानीय ३९ वर्षीय शम्शेर रुम्बालाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार रुम्बाको साथबाट बारुद लोड गरिएको एक थान भरुवा बन्दुक बरामद गरिएको छ। त्यसैगरी, सेतो प्लास्टिकको डब्बामा राखिएको करिब ८० ग्राम बारुदजस्तो पदार्थ, बारुद बनाउन प्रयोग हुने पटका तथा बाँसको टुक्रामा प्लास्टिकको डोरी र रबरको ट्युबले बाँधेर बनाइएको एक थान पासोसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका रुम्बाविरुद्ध हातहतियार तथा खरखजाना मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ। जिल्ला अदालत बाराबाट पाँच दिनको म्याद थप अनुमति लिएर उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

Leave a review