बाराको सदरमुकाममा रहेको कलैया उपमहानगरपालिकाको मुख्य कलैया हाट बजारमा २ सय ८० थान फोहोर राख्ने डस्ट्बिन वितरण गरिएको छ ।
कलैयालाई सफा सुघर राख्नलाई संघीय वातावरण विभागको एक सय ८० वटा डस्टबिन र कलैया उपमहानगरपालिकाको एक सय वटा डस्टबिन वितरण गरिएको हो ।
कलैया बजारमा घर पसल तथा बजारबाट दैनिक रुपमा निस्कने फोहोरलाई रातिमा सरसफाइ गर्ने कर्मी परिचालन गरिएर सफा गराउने कार्य भैरहेको भए पनी अझ व्यवस्थित गर्न सो मात्रामा डस्टबिन राखिएको नगरप्रमुख बिनोद साहले बताएका छन ।
नगरप्रमुख साहले कुहिने र नकुहिने डस्टबिन बजारमा राखिनुले अब बाट यसरी कुहिने र नकुहिने फोहोरलाई छुट्याई आगामी दिनमा फोहोरलाई परिणत गर्ने दिशामा नगर अगाडी बढ्ने बताएका छन । बजारको अव्यवस्थित टहरा र फोहोर मुक्त गराउने आफ्नो उदेश्यमा साथ दिने सबै नगरबासिलाई नगर प्रमुख साहले धन्यवाद दिएका छन् ।
दुई सय ८० वटा डस्टबिन बारा निर्वाचन छेत्र नम्बर ३ ख को सबै चौक चौकमा राख्ने गएको आवको योजना रहेको ले सो योजनामा कलैया उपमहानगरपालिकाको समेत सहयोग रहि यो कार्य गरिएको डिभिजन बन कार्यालय बाराका वन अधिकृत जवाहर कुर्मिले बताए ।
डस्टबिन वितरण तथा राख्ने कार्यक्रममा पुर्वप्रदेश सभा सदस्य पारस साह,वडा नम्बर १ का अध्यक्ष मोहन बहादुर छेत्री,वडा ४ का अध्यक्ष रामेश्वर यादव,६ का अध्यक्ष राम बिश्वास ठाकुर,माओवादी केन्द्र बाराका युवा नेता मुकेश साह,कलैया उपमहानगरपालिका वातावरण शाखाका प्रमुख विवेक गुप्ता,कलैया जेसिजका अध्यक्ष सुभाष जैसवाल सहित बजारका ब्यापारीहरु लगायतको उपस्थिति रहेको थियो ।


