रञ्जन यादब/
बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले शुक्रवारदेखि आफनो सम्पुर्ण जनप्रतिनिधिहरुको पिसिआर परिक्षण सुरु गरेको छ । कोरोना भाईरस समुदायमा फैलिसकेको निचोड निकाल्दै जीतपुरसिमरा उपमहानगरपालिकाले वडा सदस्यदेखि नगर प्रमुखसम्मको स्वाब परिक्षण गरिरहेको छ ।
जीतपुरसिमरा उपमहानगरपलिकाको स्वास्थ्य महाशाखाका सिनियर अहेब अधिकृत जितन ठाकुरका अनुसार सम्पुर्ण जनप्रतिनिधि सहित १ सय ५० जनाको पिसिआर परिक्षण गर्ने लक्ष्य राखिएको जानकारी दिएका छन । तर शुक्रवार १ सय ११ जना जनप्रतिनिधि, कर्मचरी र कन्ट्याक्ट ट्रेसिङगबाट आएकाहरुको स्वाब सङकलन गर्ने काम भएको सिनियर अहेब ठाकुरले बताए ।
संकलन भएको स्वाब परिक्षण गर्न पिसिआर मेसिनको अभावमा अस्पताल स्रोतलाई गाह«ो भएको छ । शुक्रवार सङकलन भएको स्बाव परिक्षण गर्न बिरगंज स्थित नारायणी अस्पतालको प्रयोगशाला र प्रदेश नं.३ स्थित हेटौडा किट परिक्षण प्रयोगशालाले जीतपुरसिमरा उपमहानगरपालिकाको स्वाब परिक्षण गर्न मानेका छैनन् ।
जसोतसो अनुरोध गरी एकचोटीकालागि सङकलन गरिएको १ सय ११ जनाको स्बाब मध्ये ५२ वटा हेटौडा र ५९ वटा बिरगंजको नारायणी अस्पतालको प्रयोगशालामा पठाईएको अस्पतालका डा.दिपक गिरीले जानकारी दिएका छन ।
केही दिन अगाडि उपमहानगरपलिकाले उपमहानगरपालिकामा कार्यरत सम्पुर्ण कर्मचारीहरुको स्वाब संकलन गरी कोरोना परिक्षण गरेको थियो ।
जितपुरसिमरा उपमहानगरपालिकामा ३७ जनामा कोरोना भाईरस पोजेटिभ देखिएको छ । जसमा १४ जना उपहानगरपालिकाको कर्मचारी रहेका छन् । धेरै सङख्यामा कर्मचारीमा कोरोना भाईरस देखिन थालेपछि उपमहानगरपालिकाले आफनो सम्पुर्ण सेवाहरु बन्द गरिदिएको छ ।