निजगढको रतनपुरमा बिहीवारबाट दोस्रो वडा अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिता शुरु हुँदैछ ।
बिहीवार बाट संचालन हुने प्रतियोगिताको तयारी पूरा भएको आयोजक रतनपुर युनाइटेड युथ क्लबले जनाएको छ ।
कार्तिक २५ गतेसम्म संचालन हुने प्रतियोगितामा आयोजक रतनपुर युनाइटेड युथ क्लब सहित नेपाली सेनाको सबुज गण आधाभार बारा,एफसी चन्द्रपुर गैंडाटार रौतहट,जनअभियान युथ क्लब बारागढी बारा,योङ्गस्टार युनाइटेड क्लब लाल निजगढ,एभरेस्ट एकेडेमी सर्लाही,हेटौंडा फुटबल एकेडेमी मकवानपुर,बिरगंज युथ एकेडेमी र बिरगंज युनाइटेडले प्रतिस्पर्धा गर्नेछन ।
प्रतियोगिताको उदघाटन खेलमा बिहिबार जनअभियान युथ क्लब बारागढी बारा र मकवानपुरको हेटौंडा फुटबल एकेडेमी बिच प्रतिस्पर्धा हुनेछ ।
श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको खेल मैदानमा संचालन हुने खेल दिउँसो २ः३० बजेदेखि शुरु हुनेछ । प्रतियोगिताको उपाधी बिजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपबिजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
त्यसैगरी प्लेयर अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्नेछन । ११ नम्बर वडा कार्यालयको मुख्य सहयोगमा आयोजना गर्न लागिएको प्रतियोगिताको लागत अनुमान १२ लाख रुपैयाँ रहेको आयोजक रतनपुर युनाइटेड युथ क्लबले जनाएको छ ।

