नक्कली सेनिटाइजर देखि सावधान

साझेदारी दैनिक
साझेदारी दैनिक 508 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि मास्क लगाउने,नियमित साबुन पानीले हात धुने ,साबुन पानीको सहज उपलब्धता नभएमा सेनिटाइजरको प्रयोग गर्न विभिन्न संञ्चार माध्यममा सन्देश मुलक स्वास्थ्य सन्देश सुनिदै आएको छ । तर तपाईं हामीले प्रयोग गर्ने गरेको सेनिटाइजर साक्चिकै प्रभावकारिता होला त भन्ने बिषयमा हामी सचेत छैन । अहिले कार्यालय वा बजारमा किनमेल पसलमा ,बैकमा,गाडिमा अनि हरेकको खल्तिमा सेनिटाइजर छिन छिनमा प्रयोग गरेको समेत पाइन्छ ।

यसको प्रयोगले कोरोना भाइरस हाम्रो शरीरमा छिर्न नसकी अन्य किसिमको हानी गर्ने समेत स्वास्थ्य बिज्ञहरुले बताइरहदा नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठान (नास्ट) ले गरेको प्रारम्भिक अनुसन्धानले बजारमा प्रयोग भइरहेको सेनिटाइजर मध्ये ४५ प्रतिशत प्रयोग विहिन र मानव स्वास्थ्यलाई गम्भीर हानी गर्ने रसायन मिसाइएको पुष्टि भएको छ । नास्टले गरेको २२ ब्राण्डको नमुना परिक्षण गर्दा ४५ प्रतिशतमा दुईखाले हानीकारक जिवाणु व्याक्टेरियालाई नष्ट गर्ने क्षमता नभएको भेटिएपछी सेनिटाइजरमा पनि कालाबजारी सक्रिय भएको देखिएको छ ।

सेनिटाइजर उत्पादन गर्ने कम्पनीमा काठमाडौं र भक्तपुरका गरि पाँच उद्योगलाई सरकारले कार्वाही समेत गरेको छ । ती उद्योगहरुले उत्पादन गरेको सेनिटाइजरमा बिषाद् रसायन मिसाइएको भटिएको हो । औषधी बिभागको प्रयोगशालामा गरिएको परिक्षणमा काठमाडौंका चार र भक्तपुरका एक उद्योगमा,हाइजिन सोप एण्ड केमिकल प्रा.लि,आधार केमिकल एण्ड फुड प्रा.लि,सर्च किम कम हर्बल प्रोडक्सन,र नेपाल कायाकल्प उद्योग रहेको बिभागका महानिर्देशकले संञ्चार माध्यममा जानकारी समेत गराएका छन ।

यी कम्पनीहरुले उत्पादन गरि बजारमा बिक्री बितरण गरेको सेनिटाइजरमा मानव स्वास्थ्यलाई हानी गर्ने मेथानोल नामक रसायन मिसाइएको पाइएकोले तपाई हामीले पनि कतै यस्ता नक्कली सेनिटाइजर त प्रयोग गरिरहेका छैन् बेलैमा सचेत बनौँ र सचेत रहौँ ।

समाचार शेयर गर्नुहोस
Leave a review