तथ्यहरुको आलोकमा अनुसन्धान जरुरी

साझेदारी दैनिक
साझेदारी दैनिक 233 पाठक संख्या
3 मिनेट पढ्न लाग्ने समय

बाराको कलैयामा भएको शिक्षक रुपेश स्वर्णकारको हत्याको सम्बन्धमा तथ्यहरुको आलोकमा अनुसन्धान गर्न अति आवश्यक रहेको छ । बारा प्रहरीको अनुसन्धानको ढाँचा एउटै प्रकारको रहेकोले सो ढाँचाबाट हटेर फरक ढङ्गले अनुसन्धान गर्न आवश्यक छ । डेढ महिना भित्रका तीन वटा हत्याकाण्ड मध्ये दुईवटामा विवाहेत्तर सम्बन्धमा विशेष चाँसो दिइएको छ । अनि एउटा अर्को हत्यामा समेत यौन कोणलाई अप्रत्यक्ष पारी हत्याको कोण प्रस्तुत गरिएको छ । हाल सालै भएको तीन वटा हत्यामा बारा प्रहरीले हत्यामा स्त्री पुरुष विचको सम्बन्ध तथा प्रेमको त्रिकोण प्रस्तुत गर्ने प्रयास गरिएको छ । यो पनि हत्याको एक कारण तथा उद्देश्य हुन सक्छ । तर अनुसन्धानमा एकै किसिमको तथ्यहरु प्रस्तुत गरिनु भनेको प्रहरीले लगातार एकै कोणमा काम गरेको प्रष्ट देखिन्छ । यसले यस्तो किसिमको अनुसन्धानमा प्रश्न गर्ने ठाउँ पनि रहेको हुन्छ । अनि असन्तुष्टि पनि देखिन्छ ।
यसै सन्दर्भमा तथा परिप्रेक्ष्यमा स्वर्णकारको हत्यामा संलग्न रहेको आरोपमा बारा प्रहरीले पाँच जना आरोपीहरुलाई सार्वजनिक गरेको छ । कलैयास्थित रहेको बाल एकता ईङ्गलिश बोर्डिङ्ग स्कुलका प्रिन्सिपल ३९ वर्षीय स्वर्णकारको हत्याको घटना तथा अनुसन्धानको प्रगतिबारे जानकारी दिन गरिएको पत्रकार सम्मेलन मार्पmत उनीहरुलाई सार्वजनिक गरिएको हो । प्रारम्भिक अनुसन्धान सकिएकाले घटनाको मुख्य कारण अवैध प्रेम सम्बन्धकै कारण भएको निष्कर्ष प्रहरीले निकालेकोे छ । सार्वजनिक गरिएको मध्ये दुई जना भारतीय नागरिक रहेका छन् । पक्राउ परेका मध्ये प्रहरीले मृतक स्वर्णकारसंग प्रेम सम्बन्धमा रहेकी एक युवति संगै नेपाली तीन नागरिक र भारतीय दुई नागरिकलाई सार्वजनिक गरेको छ । पक्राउ परेका भारतीय नागरिक सुटर समूहका सदस्य भन्दै सार्वजनिक गरिएको हो । हत्यामा पाँच जना सुटरको प्रयोग गरिएको अनुसन्धानबाट खुल्न आएको छ । भारतीय सुटरहरु बारा, पर्सा सहित विभिन्न स्थानहरुमा भएका घटनाहरुमा पनि संलग्न रहेको अनुमान रहेको छ ।
मृतक स्वर्णकारको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेर कारबाही गर्नुको साटो उनको चरित्र हत्या गरेको आरोप परिवारको सदस्यहरुको रहेको छ । हत्यामा हुँदै नभएको विद्यालयका दुईजना कर्मचारीलाई सार्वजनिक गरेर हत्यारालाई उन्मुक्ति दिन लागेको आरोप प्रहरीमाथि लागेको छ । सात महिना अगाडि बाल एकता बोर्डिङ स्कुलमा दुई महिना मात्र काम गरेकी यूवतिसंग स्वर्णकारको नाम जोडेर परिवारको पनि चरित्र हत्या भएको दावी परिवारको सदस्यहरुको छ । प्रहरीले उनकै योजनामा घटना भएको जोडेर चरित्र हत्या गरेको दावी परिवारको सदस्यहरुको रहेको छ । पचरौता तथा महागढीमाई नगरपालिकामा भएको भारतीय नागरिकको हत्यामा संलग्न व्यक्ति तथा मोटरसाइकललाई सत्यलाई ढाकछोप गरी यो घटनालाई अन्यत्र मोडन खोजेको भन्दै गरिएको पारिवारिक असहमति गम्भीर प्रश्नको रुपमा रहेको छ ।सुरक्षा चुनौतिलाई थेग्न नसक्ने अवस्थाबाट मुक्ति पाउन मुद्दालाई अन्यत्र मोडन प्रयास भएको समेत असहमतिको विन्दू हो । तसर्थ यो घटनालाई तथ्यहरुको आलोकमा जाँच परख गर्न जरुरी छ ।दोषी नउम्किउन्, निर्दोष नफसुन भनेर समेत प्रहरीले सजगता अपनाई तथ्यहरुको आलोकमा यस घटनाको विश्वसनीय अनुसन्धान गर्न जरुरी रहेको छ ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review