क्षमता अभिबृद्धि तथा नेतृत्व विकास तालिम सम्पन्न

रञ्जन यादव
425 पाठक संख्या

जीतपुरसिमरा उपमहानगरपालिकाको जीतपुर स्थित जनकल्याण बहुउदेश्यीय सहकारी संस्थाले क्षमता अभिबृद्धि तथा नेतृत्व विकास तालिम सम्पन्न गरेको छ ।

सहकारीले आफ्नो संस्थाको सञ्चालक समिति,लेखा समिति र कर्मचारीहरुलाई एक दिने क्षमता अभिबृद्धि तथा नेतृत्व बिकासकोलागि तालिम प्रदान गरेको हो ।

जनकल्याण बहुउदेश्यीय सहकारी संस्थाका कार्यकारी उपाध्यक्ष गणेशजी प्रसादका अनुसार जीतपुरसिमरा उपमहानगरपालिकाको सहकारी बिकास शाखा प्रमुख अधिकृत सुधन चौधरी र कोल्हबी नगरपालिकाको सहकारी शाखा प्रमुख अधिकृत लोकनाथ ओलीले तालिममा प्रशिक्षण दिएका थिए ।

तालिममा संस्थाका कोषाध्यक्ष गाोपाल सिंह कडेँल,उपाध्यक्ष गणेशजी प्रसाद साह,सचिव कपिलदेव प्रसाद यादब,कोषाध्यक्ष किरणराज गिरी,प्रबन्धक सन्तोष यादब लगायतको सहभागिता रहेको थियो ।

तालिमको सहजीकरण संस्थाका सह प्रबन्धक आत्माराम अधिकारीले गरेका हुन् ।

Leave a review

This will close in 0 seconds