बैंकको ब्याज फिर्ता,लघुवित्त र सहकारीको ऋण मिनाहा गर्न गरियो माग

राम मण्डल
355 पाठक संख्या

आम जनता पार्टीले बैंकहरुको ब्याज फिर्ता,लघुबित र सहकारीको ऋण माफ हुनुपर्ने माग गरेको छ । आजपाले वीरगञ्जमा बिहीबार आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा यस्तो माग गरिएको हो ।

सम्बोधन गर्ने पार्टीको जिल्लादेखि केन्द्रिय तहका नेताहरुले सो अन्र्तक्रियामा गरिब जनताहरुको ब्याज बैंकले फिर्ता गर्नुपर्ने बताए । सहकारी र लघुबित्तको ऋण मिनाहा गर्नुपर्ने माँग गरेका हुन् ।बैंकहरुले शुरुमा १० प्रतिशत ब्याजमा दिएको ऋण अहिले आएर १७ प्रतिशत सम्मको ब्याज गरिब जनताबाट असुल गरिरहेको आजपाका नेताहरुको आरोप रहेको छ ।

शुरुमा बिभिन्न प्रलोभन दिएर कम ब्याजमा ऋण दिने र पछि ब्याजको रकम बढाउदै लग्ने बैंकहरुको प्रवृति रहेको सो अवसरमा बताइएको छ । यसका कारण गरिब जनताहरुले बैंकको ब्याज समेत तिर्न नसकेकोले उक्त ब्याज फिर्ता गर्नुपर्ने माग अन्र्तक्रियामा गरिएको थियो ।

लघुबित्त र सहकारीको ऋण मिनाहा हुनुपर्ने आप्mनो पार्टीको माग रहेको आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष प्रभु साहले बताए ।भन्सारमा भएको ४५ प्रतिशत पुरस्कार कर्मचारीदेखि लिएर मन्त्रीसम्मले पाउने गरेकोले उक्त ब्यवस्था खारेज गर्नुपर्ने माग उनको थियो ।भन्सारका कर्मचारीहरुले तलब पनि पाउने र पुरस्कार स्वरुप ४५ प्रतिशत पनि पाउने ब्यवस्थाले दोहोरो सुबिधा कर्मचारीहरुले पाएको उनले बताए ।

त्यसको सूची समेत सार्बजनिक नहुने गरेकोले यसको खारेजीको लागि आप्mनो पार्टीले काठमाडौंदेखि देशका बिभिन्न भन्सार कार्यालयमा आन्दोलन गरेको उनले जानकारी दिए ।’भारतबाट किसानहरुले एक बोरा मल ल्याउदा पनि प्रहरी प्रशासनले समातेर भन्सार बुझाई दिने गरेको उनले जनाए ।

यसले तराई मधेसका किसानहरुसित सरकारले ज्यादती गर्दै आईरहेको उनले बताए ।विभिन्न बैंक,लघुवित्त सहकारीहरुबाट ऋण लिएकाहरुले ब्याज बढेर ऋण तिर्न नसक्दा सामान्य मानिसहरु अहिले घर न घाटको भएको उनले बताए ।

घर जग्गा समेत लिलाम हुने अवस्थामा पुगिसकेकाले लघुवित्त र सहकारीको ऋण मिनाहा गर्नुपर्ने आवश्यकता रहेको पार्टीका पर्सा जिल्ला ईन्चार्ज कदम रसुलको जिकिर छ । बैंक लघुवित्त र सहकारीको ऋण ब्याज सम्बन्धी मनोमानी रोक्नको लागि आफनो पार्टीले अगामी दिनमा बिरोधका कार्यक्रम सहित मधेस बन्द गर्ने पनि जानकारी उनले दिए ।

पार्टीका मधेस प्रदेश अध्यक्ष उमेश कुशवाहाले बैंक र लघुवित्तले गरिब जनताको ऋण मिनाहा गर्नुपर्ने बताए । देशको अर्थतन्त्र कमजोर हुदै गएपछि अहिले गरिब जनताहरुले लिएको ऋण तिर्न नसकेको उनले बताए ।

Leave a review

This will close in 0 seconds