पचरौतामा दादुरा रुबेला खोप अभियान सम्बन्धी भयो अन्तरक्रिया

साझेदारी दैनिक
314 पाठक संख्या

नूर आलम बादशाह/

बाराको पचरौता नगरपालिकामा दादुरा रुबेला खोप अभियान सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।

पालिका स्तरीय दादुरा रूवेला खोप अभियान सम्बन्धी स्थानीय जन प्रतिनिधि,स्वास्थ्यकर्मी,संचारकर्मी तथा सरोकारवालाहरूका लागी एक दिने छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको हो।

पचरौता नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रमको अध्यक्षता मेयर जलन्धर सिंहको रहेको थियो ।

अभियान अन्तर्गत नौ महिना देखि १५ वर्ष मुनिका बाबालिकाहरुलाई चैत ४ गतेदेखि चैत ९ गतेसम्म पालिकाभरी दादुरा–रुबेलाको खोप दिइने छ ।

दादुरा रोगको परिचय,लक्षण तथा चिन्ह,जटीलता,बचाउने उपचार,बिश्वको अवस्था,नेपालको दादुरा खोप कभरेज लगायतको बिषयमा सो अवसरमा जानकारी गराइएको थियो।

खोप पूर्ण रुपले सुरक्षित रहेको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक सुरेन्द्रप्रसाद साहले जानकारी दिए ।

पचरौता नगरपालिकाको नौ वटै वडामा रहेको स्वास्थ्य चौकी तथा खोप केन्द्रहरुबाट बालिकाहरुलाई दादुरा रुबेला खोप लगाइने भएको छ।

कार्यक्रममा नगर उपप्रमुख नसीमा खातुन,प्रमुख प्रशासकीय अधिकृत गौरीशंकर सिंह,वडा अध्यक्षहरु लक्ष्मी यादव,गगनदेव यादव,बनारसी मुखिया,धेनुक राउत कुर्मी,वडा सदस्यहरु,बिभिन्न संस्थाका प्रमुखहरुको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सहजीकरण स्वास्थ्य शाखा प्रमुख साहले गरेका थिए । सो कार्यक्रम सञ्चालन रन्जय पटेलले गरेका थिए।

Leave a review

This will close in 0 seconds