कलैयामा आजदेखि सुरु भयो स्टुडेन्ट अफ द इयर सिजन –२

संदिप प्रसाद यादव
908 पाठक संख्या

कलैयामा शुक्रबार देखि स्टुडेन्ट अफ द इयर सिजन –२ प्रतियोगिता सुरु भएको छ ।

बाराको सदरमुकाम कलैया उपमहानगर–६ को आयोजनामा स्टुडेन्ट अफ द इयर सिजन–२ प्रतियोगिता सिद्धेश्वर उच्च माध्यमिक बिद्यालयको खेलमैदानमा एक कार्यक्रम बीच सुरु भएको हो ।

जीनियस इन्टरटेन्मेन्ट एन्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडका संचालक अंकुश ब्याहुतको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि कलैया उपमहानगरपालिका वार्ड नम्बर ६ का वार्ड अध्यक्ष रामविश्वास ठाकुरले ब्याटिङ गरि प्रतियोगिताको उद्घाटन गरेका थिए ।

उक्त प्रतियोगितामा चित्रकला,हाजिरी जवाफ,क्रिकेट,छात्र तथा छात्राका लागि दौड माघ १२ देखि १७ गतेसम्म हुने आयोजक समितिका अध्यक्ष एवम् कलैया उपमहानगर–६ का वडा अध्यक्ष ठाकुरले बताएका छन् ।

खेलाडीहरुको प्रतिभालाई उजागर तथा अगाडि बढाउनलाई उक्त प्रतियोगिताको आयोजना गरिएको उनले बताए ।

पहिलो खेलमा ग्यालेक्सी स्कुलले टस जितेर पहिलो ब्याटिङ गर्दै १२ ओभर खेल्दै ८ बिकेट गुमाई जम्मा ८२ रन बनाएको थियो । फेटा स्कुलले ९.१ ओभरमा ८३ रन बनाई ७ बिकेटले विजयी भएको थियो । सो खेलका म्यान अफ द म्याच अजाज आलम भएका थिए ।

दोस्रो चरणको खेलमा दुर्गा नमुना स्कुलले टस जितेर पहिलो ब्याटिङ गर्दै १५ ओभरमा ५ बिकेट गुमाइ १६२ रन बनाएको थियोे । सोना एकेडेमी स्कुलले १४.५ ओभरमा १० बिकेट गुमाइ ७२ रन बनाएर पराजित भएको छ । दुर्गा नमूना स्कुल ९० रनले विजयी भएको थियो भने सो खेलका म्यान अफ द म्याच प्रिन्स यादव भएका थिए ।

उक्त प्रतियोगिताका अम्पायर शिव तेन्दुलकर र कुमार सानू रहेका छन् ।

सो प्रतियोगिताका सम्पूर्ण खेलमा प्रथम पुरस्कार मात्र प्रदान गरिने,शिक्षामा र १ वर्ष नृत्य शिक्षा छात्रवृत्तिको पनि व्यवस्था,विद्यालयहरुलाई सहभागिता प्रमाण पत्र र ट्रफी दिईने र सहभागी विद्यार्थीहरुलाई प्रमाण पत्र तथा मेडल दिईने आयोजक अध्यक्ष ठाकुरले बताए ।

सो प्रतियोगिताको व्यवस्थापन जीनियस इन्टरटेन्मेन्ट एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले गर्ने भएको छ ।

उक्त प्रतियोगिता उद्घाटन कार्यक्रममा अर्जुन कलवार,सन्नी अन्सारी,रोहन जैसवाल,प्रधानाध्यापक,विद्यार्थी,खेलाडी, सन्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियोे ।

श्री ३ चन्द्र स्कुल र मेरो एकेडेमी,मनकामना र बाल एकता स्कुल तथा मेरी गोल्ड र मदर्शा स्कुल बिच आइतबार सो प्रतियोगिता हुने छ ।

Leave a review