शैक्षिक स्तरको सुधारको लागि जीतपुरसिमरा उपमहानगरपालिकाले सर्बेक्षण गर्ने भएको छ ।
माघ २१ गते देखि फागुन ३ गते सम्म हुने सर्बेक्षणमा उपमहानगरपालिका क्षेत्र भित्र रहेका सामुदायिक तथा संस्थागत दुबै बिद्यालयहरुको शैक्षिक अवस्थाको सर्बेक्षण हुने उपमहानगरपालिकाले जनाएको छ ।
सामुदायिक तथा संस्थागत बिद्यालयको शैक्षिक स्तरको सुधारका योजना तथा सर्बेक्षण सम्बन्धि शिक्षा क्षेत्रको अगुवासँग छलफल गरेको हो । सिमरा कलेजको अगुवाईमा हुने सर्बेक्षणमा प्राबिधिक सहयोग बिटस लेडर नामको कन्सलटेन्सीले गर्नेछ ।
सर्वेक्षण कक्षा १ देखि ८ सम्मका बिद्यार्थीमा गरिने जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ । शैक्षिक क्षेत्रको साथ दृड रुपमा उपमहानगरपालिका पाईरहेका कारण शैक्षिक सुधार हुनेमा आफु आशाबादी रहेको नगरप्रमुख राजन पौडेलले बताउँनुभयो ।
उहाँले शिक्षा क्षेत्रमा रहेका बिकृती तथा बिसङ्गतीहरु उजागर गरी,शिक्षा क्षेत्र सुधारकोलागि उपमहानगरपालिकालाई निरन्तर दबाब दिन अनुरोध गरे ।
त्यस्तै उपमहानगरपालिकाको उपप्रमुख भोला प्रसाद अधिकारीले सर्बेक्षणबाट आएको नतिजाहरु खुल्ला रुपमा पादर्शी गर्ने बताउँनुभयो । सिमरा कलेजका प्रमुख सालिकराम अधिकारीले कलेजका २ सय बिद्यार्थीहरुलाई तालिम प्रदान गरि सर्बेक्षणमा खटाईने जानकारी दिनुभयो ।
सर्वेक्षणबाट आएका परिमाणलाई कलेजले सुधारत्मक सल्लाह सहितको प्रतिबेदन उपमहानगरपालिकालाई बुझाउँने छ ।
सिमरा कलेज सिमराका सञ्चालक समितीका कार्यबाहक अध्यक्ष मधुकर अधिकारीको अध्यक्षतामा भएको छलफलमा जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख पौडेल,उप प्रमुख अधिकारी,नेपाली काग्रेसका नगर सभापति छबिलाल शर्मा,नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष प्रेम बराल, शिक्षक तथा साहित्यकार राम अधिकारी,समाजसेवी मुकुन्द बहादुर क्षेत्री,लोसपाको नगर अध्यक्ष शिवजी साह,सुर्य नेपाल उद्योगको प्रतिनिधि यज्ञ बहादुर आले लगायत समाजिक,शैक्षिक तथा राजनितीक क्षेत्रको अगुवाहरुकोसहभागिता रहेको थियो ।


