सखुवा प्रसौनीमा ६ बिघा बन क्षेत्रमा गर्दै आइएको गाँजा खेती नष्ट

रञ्जन यादव
423 पाठक संख्या

जीतपुर : वन गस्ती टोलीले पर्सा जिल्लामा करिब ६ बिघा बन क्षेत्र अतिक्रमण गरि गरिदैँ आएको गाँजा खेती फडानी गरि नष्ट गरेको छ ।

डिभिजन बन कार्यालय पर्साका डिभिजनल बन अधिकृत मञ्जुर अहमदको नेतृत्वमा गएको प्रहरी सहितको टोलीले सिखुवा प्रसौनी गाउँपालिका वडा नम्बर १ नयाँबस्तीमा ६ बिघा क्षेत्रमा गरिदै आईएको गाँजा खेती दोस्रो पट्क नष्ट गरेको हो।

करिब दुई महिना अगाडी सोही ठाउँमा गाँजा खेती फडानी गरिएको थियो तर फडानी गरिएको गाँजाहरु फेरी उम्रिसकेका थिए । गाँजा फडानीको क्रममा करिब १ लाख ५० हजार बिरुवा नष्ट गरिएको बन कार्यालयले जनाएको छ ।

गाँजा खेती नष्ट गरी डिभिजन बन कार्यालयले अतिक्रमण हटाई आफनो मातहतमा ल्याएको उक्त क्षेत्रको जग्गामा बृक्षारोपण गर्ने जनाएको छ ।

गाँजा फडानी टोलीमा सब डिभिजन बन कार्यालय बड्निहार,सबैया सब डिभिजन बन कार्यालय,प्रहरी चौकी मनवाका प्रहरी,प्रहरी चौँकी एक टाङ्गाका प्रहरी र सशस्त्र बेस क्याम्प तित्रौनाका सशस्त्र प्रहरी र बिन्दाबासनी कोईलाभार बड्निहार साझेदारी बन उपभोक्ता समुह लगायतको सहभागी थियो ।

गस्ती टोलीले उक्त क्षेत्रमा गाँजा खेती गरीएसंगै वरिपरी बनाईएको घर,टहराहरु पनि हटाईएको डिभिजन बन कार्यालयले जनाएको छ ।

Leave a review