मनहर्वा गोल्डकपको उपाधीका लागि हेटौंडा र वीरगञ्जवीच प्रतिस्पर्धा

साझेदारी दैनिक
418 पाठक संख्या

साविक विजेता नवदुर्गा यूवा क्लब सिमरालाई परिजित गर्दै रिगल रिसोर्ट हेटौंडा तेस्रो मनहर्वा गोल्डकपको फाईनलमा प्रवेश गरेको छ ।

बडहर्वा खेल मैदानमा भएको दोस्रो सेमीफाईनल खेलमा बिहीवार निर्धारित समयमा दुबै क्लव गोल रहित बराबरीमा थिएका थिए । टाई बेकरबाट खेलको नतिजा निकालिएको हो ।

टाईवेकरमा सिमराका विबेक गुरुङ्ग र आयूष रानाको प्रहार रिगल रिसोर्ट हेटौंडाका गोल रक्षक गोपी बर्तौलाले बचाउ गरे । दुई बल बचाउसँगै टिमले जित निकाल्न सफल भएको हो ।

रिगलले उपाधिका लागि शनिबार वीरगञ्ज यूनाईटेड पर्सासँग भिडन्त गर्नेछ । वीरगञ्ज यूनाईटेड आयोजक मौवादेवी यूवा क्लबलाई बुधबार भएको पहिलो सेमीफाईनल खेलमा दुई शून्य
गोल अन्तरमा पराजित गदै प्रथम दुईमा स्थान बनाएको हो ।

रिगलको जितका लागि आशिष क्षेत्री,निमेश मोक्तान,समुअल सुनार र रोशन दोङ्गले समान एकएक गोल गरे । सुजल श्रेष्ठको प्रहार भने नवदुर्गा सिमराका गोल रक्षक जयराम चौधरीले बचाउ गरे ।

यता नवदुर्गाका खेलाडी सिसास थापा, मोहीत गुरुङ्ग र दिपेश राईले मात्रै गोल गर्न सके । विवेक र आयूष टिमका लागि गोल गर्न चुके । जस्का कारण नवदुर्गाको यसबर्ष मनहर्वा गोल्डकप उपाधिको सपना तुहिन पुग्यो ।

म्यान अफ दि म्याच रिगल रिसोर्ट हेटौंडाका गोल रक्षक गोपि बर्तौला चुनिए । उनले २ हजार ५ सय पुरस्कार प्राप्त गरे । प्रतियोगिताका विजेताले नगद दुईलाख र उप विजेताले एकलाख रुपैंया उपुरस्कार सहित ट्रफि प्राप्त गर्ने छन् ।

शनिबार जितपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले प्रतियोगिताको समापन गर्ने छन् । उक्त दिनको खेल दिउँसो २ बजेबाट सुरु हुने आयोजक समितिका अध्यक्ष निर्मल कुमार यादवले जानकारी दिए ।

खेलसुरुहुनु अघि नृत्य,झाँकी प्रस्तुत गरिने छ । उक्त दिनको खेल हेर्न दर्शकले भने एकसय रुपैंयाको टिकट लिनु पर्ने छ । फाईनल हेर्न दर्शकको अत्याधिक भिड हुने संभावनालाई दृष्टिगत गरी दिउँसो १२ बजेबाटै टिकट काउण्टर खुल्ला गरिने उनले बताए ।

Leave a review