रबिन्द्र प्रसाद साह/
कलैया उपमहानगरपालिकाका २७ वटै वडाहरु करिब एक सय ७८ जना पिसिआर विधिबाट परिक्षणका लागि बुधवार स्वाब संकलन गरिएको छ ।
दुई दिन अघि उपमहानरपालिकामा धेरै संख्यामा कोरोना संक्रमितहरु फेला परेपछि कन्ट्याक्ट ट्रेसिङ्गमा परेकाहरुको स्वाब संकलन गरिएको हो । फेला परेका कोरोना भाईरस संक्रमितबाट पुष्टि भएका ब्यत्तिहरुको सम्पर्कमा रहेकाहरुको पिसिआर जाँचका लागि कलैया उपमहानगरपालिकाको प्राङ्गणमा नमुना संकलन गरिएको छ।
कोरोना भाइरस समुदाय स्तरमा फैलि सकेको तथा यसले विकराल रुप लिन पनि लागेको हुनाले समुदायलाई यसको कहरबाट जोगाउनका लागि कन्ट्याक्ट ट्रेसिङ्गका आधारमा फेला परेका उनीहरुको स्वाब संकलन गरिएको कलैया उपमहानगरपालिकाका नगरप्रमुख राजेश राय यादबको बताएका छन ।
उपमहानगरपालिकाको स्वास्थ शाखाका हेल्थ असिस्टेन्ट अजय जैसवाल र स्वास्थ्य शाखाका प्रमुख प्रेमचन्द्र जैसवालले उक्त स्वायब संकलन गरिएको अनिल मण्डलले जानकारी गराएका ।