हावाहुरीका कारण विहीवारको खेल विचबाटै रोकियो

साझेदारी दैनिक
335 पाठक संख्या

तीव्र हावाका कारण जीतपुरसिमरा गोल्डकपको अन्तिम क्वाटर फाइनल खेल स्थगित भएको छ ।

सिमरामा जारी जगदम्बा स्टिल १४ औ संस्करण अन्तरगत भएको विहीबारको खेल स्थगित भएको हो ।

सिमरा रंगशालामा भएको खेलमा सशस्त्र प्रहरीको विभागीय टिम एपिएफ र फ्रेण्डस क्लब बिच खेल चलिरहेका बेला तीव्र गतिमा हावाहुरी चलेपछि आयोजक र अफिसियलले खेल स्थगित गर्ने निर्णयका हुन् ।

खेल शुरु भई दोश्रो हाफ पछि तीब्र हावाहुरी आएका कारण खेलको दोस्रो हाफको १३ औं मिनटपछि रेफ्रि उमेश विंडारीले खेल रोक्ने संकेत गरेका थिए ।

सिमरा रंगशालाको फ्लड लाइटमा खेल चलिरहँदा एक्कासी तिव्र गतिमा हावाहुरी आएको थियो । रंगशालामा राखिएको होडिङ बोर्ड उडेर लाग्दा एकजना दर्शक घाइते भएको खेल दर्शकले बताएका छन ।

करिब ५८ औं मिनटपछिको खेल रोकिएको थियो । रोकिएको खेल फेरी शुक्रबार विहान ८ः३० बजेपछि शुरु हुने आयोजकले जनाएको छ ।

स्थगित हुनुअघिको खेल निकै प्रतिस्पर्धाात्मक बनेको थियो भने दुवैतर्फबाट गोल हुन सकेको थिएन ।

Leave a review