फरार प्रतिवादी प्रहरीको नियन्त्रणमा

साझेदारी दैनिक
244 पाठक संख्या

प्रहरी कारवाहीको सिलसिलामा बारा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले लागु औषध मुद्दामा एक वर्ष तीन महिना चार दिन कैद सजाय पाएका र दुई हजार पाँच सय जरिवाना पाएका एक फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।

प्रहरीले जिल्लाको प्रसौनी गाउँपालिका वडा नं.०७ बस्ने ३४ वर्षीय हरिन्द्र महरालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाराले महरालाई आफ्नो गाउघरमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको हो ।

Leave a review

This will close in 0 seconds