स्थानीय तहमा रोजगार अभिबृद्धि गर्न रोजगारदातासँग अन्तरक्रिया

रञ्जन यादव
रञ्जन यादव 128 पाठक संख्या
3 मिनेट पढ्न लाग्ने समय

स्थानीय तहमा रोजगार अभिबृद्धि गर्ने उदेश्यले बाराको बजनीमा रोजगारदाता तथा सरोकारवालासँगको एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

रोजगार सेवा केन्द्र,जीतपुरसिमरा उपमहानगरपालिकाको आयोजनामा भएको कार्यक्रममा रोजगारदाता र श्रमिक प्रतिनिधिविच रोजगार सिर्जना गर्ने विभिन्न समसामयिक विषयमा द्विपक्षिय सम्वाद,छलफल भएको थियो ।

कार्यक्रममा सहभागी श्रमिक प्रतिनिधिविचले उधोग तथा श्रमिक दुवैको तर्फबाट,दुवैको हितमा काम गर्ने ईमान्दार प्रयास तथा पहलको खाँचो रहेको बताएका छन् ।

उनीहरुले श्रमिकले आफ्नो समस्या मात्रै दर्शाउनु भन्दा उधोग नरहे श्रमिक पनि रहदैनन् र श्रमिक नरहे उधोग पनि चल्न नसक्ने बास्तविकतालाई स्वीकार गर्दै श्रमिक र उधोगीको साँझा समस्यामा समन्वय गरी अगाडी बढ्नुपर्नेमा जोड दिएका हुन् ।

जीतपुरसिमरा उपमहानगरपालिकाको उप प्रमुख तथा कार्यबाहक नगर प्रमुख भोला प्रसाद अधिकारीले अन्तरक्रियामा नआएका उद्योगहरुलाई चिठि काटेर स्पष्टिकरण सोध्नुपर्ने निर्देशन दिनुभएको छ ।

उपमहानगरपालिका सधै उद्योगको हक तथा हितकोलागि सोच्ने तर उपमहानगरपालिका बोलाउँने बैठक तथा अन्तरक्रियामा नआउँने उद्योगलाई नआउँने कारणको जबाफ सहितको स्पष्टीकरण सोध्न उपमहानगरपालिकालाई निर्देशन दिनुभएको हो ।

आफनो गाउँठाउँमा रोजगारी नदिने उद्योगलाई यहाँबाट पलायन हुन अनुरोध गर्नुभयो । छलफलकै क्रममा श्रमिक प्रतिनिधिहरुले स्थानीय स्तर देखी प्रदेश लगायत देशभरीका उधोगहरुमा स्थानीय श्रमिकलाई नै प्राथमिकता दिनुपर्ने माग गर्दै स्थानीय तथा आफ्नो देश नेपालको मजदुर हटाएर बाहिर वा छिमेकी देशबाट आएका श्रमिकलाई बढी प्राथमिकता दिन नमिल्ने समेत गुनासो मजदुर नेता बेनि तिमल्सिनाले गरेका थिए ।

एफ.ई.बि.का बोर्ड सदस्य ललन तिबारीले स्थानीय तहहरुले एक निश्चित समयको लागि निश्चित सङ्ख्यामा रोजगारी सिर्जना गर्ने उदेश्य राखि अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

आफनो क्षेत्रमा भएका उद्योग तथा संघसंस्थाकोलागि आवश्यक जनशक्ति बिभिन्न तालिम प्रदान गरी दिन सकेको खण्डमा स्थानीय तहमा रोजगारी बृद्धि गर्ने उदेश्य पुरा हुने बताउँनुभयो ।

त्यस्तै जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले नेपालको कच्चा पदार्थको उच्च प्रयोग गर्ने तर उच्च तहमा बाहिरी देशको मान्छे राख्ने चलन रहेको बताए । स्थानीय तहमै दक्ष जनशक्ति भएपनि उद्योगहरुले बिश्वास गर्न नसक्नु दुखद बिषय भएको उनको भनाई छ ।

उपमहानगरपालिकाले आफनो मातहतमा उद्योगहरुलाई ल्याई स्थानीयहरुलाई रोजगार दिन सक्ने बाताबरण बनाउँनुपर्नेमा लामिछानेले जोड दिनुभयो ।

उपमहानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत शिवजी प्रसादले रोजगारदाता र श्रमिक बिच नङ्ग र मासुको सम्बन्ध जस्तै हुनुपर्ने धारणा राख्नुभयो ।

रोजगार सेवा केन्द्रमा उद्योग तथा संघसंस्थाहरुले आवश्यक दक्ष जनशक्ति मागेको खण्डमा उपमहानगरपालिकाले तालिम दिएर भए पनि आवश्यक जनशक्ति उत्पादन गर्ने बताउँनुभयो ।

कार्यक्रममा प्रधानमन्त्री रोजगार कार्यक्रम सम्बन्धि अवधारण ,नमुना रोजगारी सेवा केन्द्रको परिचय,रोजगार मेला सञ्चालन सम्बन्धमा रोजगार सहजकर्ता अमृता घिमिरेले प्रस्तुतिकरण गर्नुभएको थियो ।

त्यस्तै नमुना रोजगार सेवा केन्द्र र निजी क्षेत्र सँगको समन्वय सम्बन्धको बिषयमा रोजगार संयोजकले प्रकास पार्नुभएको थियो।

अन्तरक्रिया कार्यक्रममा सुयृ नेपालका सरबिन श्रेष्ठ,जिफन्टका कमलेश झा,नेपाल सेरेमिकका मधुकर ठाकुर,जगदम्बा स्टिलका कृष्ण प्रसाद खनाल,हामा आईरनका कमल कार्की,आरती सोपका लय प्रसाद पाठक लगायतको सहभागिता रहेको थियो।

रञ्जन यादव

समाचार शेयर गर्नुहोस
Leave a review