अवैध लागू औषध गाँजा सहित २ जना पक्राउ

साझेदारी दैनिक
साझेदारी दैनिक 562 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

रञ्जन यादब/
बारा प्रहरीले लागुऔषध गाँजा सहित दुई जनालाई पक्राउँ गरेको छ । ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीको टोलीले राती करिब १२ बजेतिर जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१४ दुधौरा खोलाबाट दुई जना पक्राउँ गरेको हो । पक्राउँ पर्नेमा उपमहानगरपालिका वडा नं.८ वस्ने वर्ष ६० को सत्यनारायण राम र .वडा नं.१० बस्ने वर्ष ४४ को राजनाथ दास रहेका छन् ।

दुबै जनाले बोकेको बोराहरू चेकजाँच गर्दा रामले बोकी आएको बोराभित्र २ किलो ग्राम र दासले बोकी आएको बोरा भित्र २ किलो ५सय ग्राम गरी ४ किलो ५सय ग्रम गाँजा पक्राउँ गरिएको बारा प्रहरी प्रबक्ता गौतम मिश्रले जानकारी दिनुभयो । त्यस्तै प्रहरी चौकी दक्षिण झिटकैया बाराबाट खटिएको प्रहरी टोलीले देवताल गाउँपालिकाबाट १० किलो लागुऔषध गाँजा पक्राउँ गरेको छ ।

प्रहरीले देवताल गाँउपालिका वडा नं.२ मा पुग्दा खटिएको प्रहरी टोलीलाई देखेर गाँजा भएको बोरा फाली मानिस फरार भएका थिए । फालीएको बोराबाट प्रहरीले १० किलो अवैध लागू औषध गाँजा बरामद गरेको प्रहरी प्रबक्ता प्रहरी नायब उपरिक्षक गौतमले जानकारी दिनुभयो । पक्राउँ परेका मानिस र गाँजा माथि आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

समाचार शेयर गर्नुहोस
Leave a review