भारत – पाकिस्तान द्वन्दका कारण बाराको सीमावर्ति नाकामा उच्च सतर्कता

राजेश कुशवाहा
428 पाठक संख्या

कलैया :भारत –पाकिस्तान द्वन्दका कारण बाराको सीमावर्ति नाकामा उच्च सतर्कता अपनाईएको छ।

जिल्लाको कलैया उपमहानगरपालिकाको मटिअर्वा नाका,सुवर्ण गाउँपालिकाको संतगञ्ज नाका,सिम्रौनगढ नगरपालिकाको बसवरिया नाका,नन्दसगराढाँट,सतुवाही,पचरौता नगरपालिकाको बेल्दारी नाकामा उच्च सतर्कता अपनाईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिएका छन्।

सीमा नाकामा सुरक्षाका लागि नेपाल प्रहरी,सशस्त्र प्रहरीलाई परिचालन गरिएको छ। यता भारतले समेत सीमा नाकामा उच्च सतर्कता अपनाएको छ।

नेपालबाट भारत प्रवेश गर्ने व्यक्तिहरुको परिचय पत्र,लगायतका आवश्यक कागजपत्र जाँच गरेर मात्र भारतीय सीमा सुरक्षा बल (एस.एस.बी)ले प्रवेश गर्न दिईरहेको छ।

भारतबाट नेपाल प्रवेश गर्ने व्यक्तिहरुको जांच गरेर मात्र नेपाल प्रवेश गर्न दिईएको छ। सीमा नाकामा सशस्त्र प्रहरी बल र भारतीय सीमा सुरक्षा बल (एस.एस.बी)ले संयुक्त रुपमा समेत गस्ती गरिरहेको छ।

सीमा क्षेत्रलाई ब्यवस्थित गर्न,सीमा क्षेत्रबाट हुन सक्ने अबैध गतिविधिलाई रोक्न उच्च सतर्कता उपनाईएको बारा प्रहरीले जानकारी दिएको छ।

Leave a review