राम मण्डल/
कोरोना संक्रमणले पर्सा थप हटस्पोर्ट बन्दै गईरहेको छ । पर्सामा दैनिक रुपमा दुई÷तीन जनाको मृत्यु भईरहेको छ । विहिवार पनि थप थप दुई जना पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । विहिवार वीरगञ्ज स्थित कोरोना अस्पतालमा उपचारको क्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ बहुअरीका ६२ बर्षका पुरुष र धोबिनी गाउँपालिका वडा नम्बर ३ गरलरिया टोलका ७२ बर्षका पुरुषको संक्रमणका कारण ज्यान गएको नारायणी अस्पतालले जनाएको छ ।
बहुअरीका ६२ बर्षका पुरुष गत साउन ३० गतेदेखि नै वीरगञ्जका पुरुष अस्थायी बिशेष कोरोना हेल्थ केयर अस्पतालमा उपचार गराईरुहेका पुरुषको बिहीबार विहान मृत्यु भएको हो । मिर्गौलाका रोगी र निमोनियाले समेत ग्रसित ती पुरुषको उपचारको क्रममा ज्यान गएको हो ।
यसैगरी धोबनीका पुरुषको नारायणी अस्पतालमा उपचारको क्रममा ज्यान गएको थियो । उनको बुधबार राति अस्पतालमै मृत्यु भएको अस्पतालका प्रबक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिएका छन । गत भदौ ८ गते नै ज्वरो र श्वास प्रश्वासमा समस्या आएपछि नारायणी अस्पतालमा भर्ना भएपछि उनको स्वाब संकलन गरि गरिएको पिसिआर परिक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो सँगै पर्सा जिल्लामा मात्रै कोरोना संक्रमणका कारण ३३ जनाको ज्यान गएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।