बारा प्रहरीले एक लाख रुपैयाँ बराबरको सुर्ति बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरी टोलीले बुधबार जिल्लाको विश्रामपुर गाँउपालिका वडा नम्बर ४ खुदिया टोल स्थित भारतबाट नेपालतर्फ भन्सार छलि गरी ल्याउदै गरेको अवैध सुर्ती बरामद गरेको हो ।
उक्त अवैध सुर्तीको अन्दाजी मुल्य रु. १ लाख ६ हजार रुपैयाँ बराबरको रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
सुर्तिलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय विरगंज,पर्सा पठाईएको निमित्त सूचना अधिकारी एवम् प्रहरी निरीक्षक बिरेन्द्र राज गुरुङले एक प्रेस विज्ञप्ति जारी गर्दै यस बारे जानकारी दिएका हुन् ।


