जितपुरमा प्रहरीले आज अति आवश्यकीय बस्तुहरुको पसल खोल्न दिएन

साझेदारी दैनिक
साझेदारी दैनिक 549 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

रञ्जन यादब/
जीतपुरसिमरा उपमहानगरपालिकाको जितपुरमा प्रहरीले अति आवश्यकीय बस्तुहरुको पसल खोल्न दिएको छैन । आफुहरुलाई लिखित रुपमा पसल खोल्न दिनुपर्ने जानकारी नआएकाले आफुले पसल खोल्न नदिएको ठाडो स्वरमा ईलाका प्रहरी कार्यालय कार्यालय जीतपुरका प्रमुख प्रहरी नायब निरिक्षक देव बहादुर चन्दले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालयको सुचना अनुसार भाद्र १६ गते देखि बिहान १० बजे देखि बेलुकाको ४ बजेसम्म खाद्यन्न लगायत अति आवश्यकीय बस्तुको पसल खोल्न अनुमती दिएको छ । तर बिहान १० बजे अति आवश्यकीय बस्तुको पसल खोल्न आएका ब्यपारीहरुलाई प्रहरीले लाठी चार्ज गर्दै पसल बन्द गराएको थियो ।

जिल्ला प्रशासन कार्यालय बाराले हिजो जारी गरेको पत्रमाा खाद्यन्न ,किराना पसल ,ग्यास ,ईन्धन ,दुद्य डेरी ,तेल ,घिउँ ,मरमसाला लगायतका अन्य पसलहरु बिहान १० बजे देखि बेलुका ४ बजेसम्म खोल्ने स्पष्ट रुपमा उल्लेख गरेको छ ।

तर प्रहरी नायब निरिक्षक चन्दले “जितपुरको प्रशासन म हुँ ,मलाई कुनै जानकारी आएको छैन , म पसल खोल्न दिन ।
प्रहरी नायब निक्षिक चन्दले एकतर्फी रुपमा पसल खोल्न नदिने अडान लिँदा दिनभरी जीतपुरमा कुनै पसल खुलेन् ।

समाचार शेयर गर्नुहोस
Leave a review