चरेश र गाँजासहित चार जना पक्राऊ,दुई जना भारतीय नागरिक

साझेदारी दैनिक
294 पाठक संख्या

लागुऔषध चरेश र गाँजासहित दुई भारतीय नागरिकसहित पर्सा प्रहरीले चारजनालाई पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका–१६ शंकराचार्य गेट बाट २० पाकेट प्रति पाकेट ५०० ग्रामको दरले १० किलो लागू औषध चरेश सहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

वीरगञ्जबाट रक्सौल जादै गरेको अवस्थामा जाँचको क्रममा चरेशसहित भारत जिल्ला पर्वी चम्पारण रक्सौल थाना, ग्राम बारा परेमवा वडा नं. १ बस्ने ३५ बर्षिय अनवर आलम र भारत, जिल्ला पर्वी चम्पारण,छतौना बस्ने २२ बर्षिय ईमतियाज आलमलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

टाँगामा सवार भई जादै गरेको दुबैजनाको साथबाट उक्त परिमाणको चरेश बरामद भएको हो ।

यस्तै प्रहरीले पर्साको सखुवाप्रसौनी गाउँपालिका ५ सोलखपुर बाट प्रतिबन्धित गाँजा ५ के.जी. सहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्सागढी गाउँपालिका ७ बस्ने ३३ बर्षिय बालेश्वर प्रसाद यादव र ५५ बर्षिय देबेन्द्र यादव रहेका छन । ना. ३८ प. १८२५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनीहरुलाई गाँजा सहित प्रहरीले पक्राउ गरेको हो ।

गाँजा र चरेशसहित पक्राउ परेका चारैजनालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भईरहेको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरले जानकारी दिएको छ ।

Leave a review

This will close in 0 seconds