बाराको निजगढमा रुखको हागा भाँचिएर मंगलवार एक महिलाको ज्यान गएको छ ।
जिल्लाको रतनपुरदेखि निजगढतर्फ जाँदै गरेको मोटरसाइकलमा रुखको हाँगा भाचिएर खस्दा मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको हो ।
निजगढ नगरपालिका ११ लाल स्थितमा रतनपुर देखि निजगढ तर्फ जादै गरेको प्र २–०२–०१७ प ९६३५ नम्बरको मोटरसाइकल माथि एक्कासि रुखको हाँगा भाचिएर खस्दा मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा मोटरसाइकलमा सवार सुमन बम्जनको श्रीमती अन्दाजी २२ वर्षकी अस्मिता मुक्तानको टाउकोमा चोट लागि घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
मोटरसाइकल चालक सोही ठाउँमा बस्ने प्रेम ब. बम्जनको छोरा अन्दाजी १८ वर्षीय सन्देश बम्जनको मुख,बाँया खुट्टा र छातीमा चोट लागेर सामुदायिक प्रसुति गृह अस्पताल निजगढमा उपचार भईरहेको प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन् ।
प्रहरीका अनुसार मोटरसाइकलमा पछाडी सवार १३ बस्ने मान बहादुर लोक्चनको श्रीमती अन्दाजी २२ वर्षकी बिनिता भुलोनको देब्रे काध,निधार र नाकमा चोट लागी मुहमदीन मेडिकल निजगढमा उपचार भईरहेको र अवस्था मध्यम रहेको जनाईएको छ ।


