सूचनको हकसम्बन्धी तीनदिने प्रशिक्षक प्रशिक्षण तालिम शुरु

संदिप प्रसाद यादव
483 पाठक संख्या

ललितपुरको गोदावरीमा दिगो सूचना प्रवर्द्धन परियोजना अन्तर्गत नागरिक समाजका प्रतिनिधिलाई सूचनामा दिगो पहुँचमा पु-याउन आयोजित प्रशिक्षक प्रशिक्षणको सम्बन्धी तीनदिने तालिम शनिवारदेखी शुरु भएको छ ।

सूचनाको हकका लागि राष्ट्रिय महासंघद्वारा आयोजित उक्त तालिमको राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा महेन्द्रमान गुरुङले उद्घाटन गर्नुभएको हो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रमुख आयुक्त गुरुङले हरेक क्षेत्र तथा निकायले सूचनाको हक इमान्दारीपूर्वक कार्यान्वयन गर्नुपर्ने बताएका छन । उहाँले सूचनाको हक नागरिकको मौलिक अधिकार भएकाले यसलाई कार्यान्वय गर्नु राज्यकै दायित्व भएको बताउनुभयो ।

तालिममा मधेश प्रदेश र लुम्बिनी प्रदेशमा सूचनामा दिगो पहुँच प्रवर्द्धन गर्ने आयोजिक कार्यक्रम अन्तरगत सामुदायिक संस्थाका २० जना प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

महासंघका केन्द्रीय अध्यक्ष उमिद बागचन्दको अध्यक्षतामा भएको तालिम उद्घाटन समारोहमा पुर्वप्रमुख सूचना आयुक्त कृष्णहरी बास्कोटा, प्रशिक्षकहरु चिरञ्जीवी खनाल,महासंघका बरिष्ठ उपाध्यक्ष ताराबहादुर भण्डारी लगायतको उपस्थिती रहेको थियो ।

सो तालिम उद्घाटन कार्यक्रमको संचालन महासचिव अजयकुमार साहले गर्नुभएको थियो ।

Leave a review