लाखौको मूल्य बराबरको सामान सहित ट्रक प्रहरीको नियन्त्रणमा

संदिप प्रसाद यादव
200 पाठक संख्या

बारा प्रहरीले लाखौं मूल्य बराबरको सामान सहित ट्रक नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बारा तथा मातहत समेतबाट खटिएको प्रहरी टोलीले जिल्लाको विभिन्न स्थानबाट सामानहरूसहित ट्रक नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले जिल्लाको कलैया उपमहानगरपालिका वडा नम्बर १ कलैया चोक स्थितमा भन्सार छली गरी ल्याउदै गरेको १८ पोका रेडिमेड कपडा, सेण्डो गन्जी ४० पिस,हाप कट्टु १८ पिस,सुतिको गम्छा २६ पिस गरी अन्दाजी १८ हजार रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।

त्यस्तै ईलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुर चोक स्थितमा वीरगंजबाट पथलैयातर्फ जादै गरेको ना. १ ज ३२४२ नम्बरको म्याजिक गाडीलाई रोकी जाचँ गर्ने क्रममा चिनीको दुई बोरा बरामद गरेको छ। जस्को अन्दाजी मूल्य रू.९ हजार रुपैयाँ बराबरको बरामद गरेको हो ।

प्रहरीले वीरगंजबाट काठमाण्डौ तर्फ जादै गरेको ना.७ ज ५९२७ नम्बरकोे ट्रकलाई रोकी जाचँ गर्ने क्रममा विलविजक भन्दा बढी र सामान श्रोत खुलाउन नसकेको खुद्रा सामान बरामद गरेको प्रहरीले जनाएको छ । सो ट्रकमा अन्दाजी २७ लाख ५० हजार ५ सय ८९ रुपैयाँ बराबरको सामान रहेको छ ।

त्यसैगरी ईलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरी टोलीले जिल्लाको बिश्रामपुर गाउँपालिका – २ घोडासहन स्थितमा भन्सार छली गरी ल्याउदै गरेको अन्दाजी २० हजार रुपैयाँ बराबरको किसमिस बरामद गरेको छ ।

प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चोक स्थितमा बिराटनगरबाट काठमाण्डौँ तर्फ जादै गरेको प्र. १–०२–००२– ख ०१६२ नम्बरको बसलाई रोकी चेक जाँच गर्ने क्रममा कपडा बरामद गरेको हो । सो बसमा अन्दाजी तीन लाख १६ हजार ८ सय रुपैयाँ बराबरको ३ सय ९६ पिस कपडा बरामद गरेको हो ।

प्रहरीले जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चोक स्थितमा रौतहटबाट काठमाण्डौँ तर्फ जादै गरेको प्र.०३–००१ ख २४९७ नम्बरको बसलाई रोकी चेकजाचँ गर्ने क्रममा अवैध सामान बरामद गरेको छ ।

सो बसको डिक्की भित्र लुकाई छिपाई लगी रहेको चिनी ५० किलो,प्याज ४ सय किलो,सुर्ती ४० किलो गरी अन्दाजी मुल्य रू.२७ हजार रुपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी कचोर्वाबाट खटिएको प्रहरी टोलीले सिम्रौनगढ नगरपालिका वडा नम्बर ९ बसवरीया स्थितमा भन्सार छली गरी ल्याउदै गरेको अन्दाजी मुल्य रू.१० हजार ८० रुपैयाँ बराबरको ६ कार्टुन मजा जुस बरामद गरेको हो ।

भन्सार छलीका र बिल बिजक भन्दा बढि समानको स्रोत खुलाउन नसकेको अन्दाजी मूल्य रू.३१ लाख ५१ हजार ४ सय ६९ रूपैया बराबरको विभिन्न समानहरू बरामद गरेको प्रहरीले जनाएको छ ।

उक्त सामानसहित ट्रकलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी आन्तरिक राजश्व कार्यालय पथलैया बारामा बुझाईएको प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बिहीवार एक प्रेस विज्ञप्ति जारी यस बारे जानकारी दिएका हुन् ।

Leave a review

This will close in 0 seconds