जिल्ला क्रीकेट संघ बाराको छैठौं साधारणा सभा सम्पन्न

संदिप प्रसाद यादव
577 पाठक संख्या

कलैया : जिल्ला क्रीकेट संघ बाराको छैठौं साधारण सभा बाराको कलैयामा सोमबार सम्पन्न भएको छ।

बाराको कलैया उपमहानगरपालिका –३ मा रहेको जिल्ला क्रिकेट संघ बाराको सभा हलमा जिल्ला क्रिकेट संघ बाराका अध्यक्ष प्रभातकुमार चौरसियाको अध्यक्षतामा सो कार्यक्रम भएको हो ।

कार्यक्रमको प्रमुख अतिथि बारा क्षेत्र नम्बर ३ ख का प्रदेश सभा सदस्य महम्मद समिर रहेका हुन्। उनले पानसमा बत्ती बाली कार्यक्रमको उद्घाटन गरेका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवम् बारा क्षेत्र नम्बर ३ ख का प्रदेश सभा सदस्य समिरले समानुपातिक प्रदेश सभा सदस्य हुँदा पनि जिल्ला क्रिकेट संघ बारालाई सहयोग गरेको जनाए। उनले अहिले पनि खेलाडीहरुको लागी थप सहयोग गर्ने प्रतिबद्धता गरे।

क्रिकेट संघले अझ नयाँ नयाँ खेलाडीहरुलाई उत्पादन गरी देश तथा बिदेशमा नाम चिनाउन आग्रह गरे। शिक्षा,स्वास्थ्य र कृषि क्षेत्रमा आफू जुनसुकै बेला अगाडि बढेर सहयोग गर्ने उनले बताए ।

सो कार्यक्रममा प्रतिवेदन सचिव अनिल चौगाईले प्रस्तुत गरेका थिए। आर्थिक प्रतिवेदन कोषाध्यक्ष सुभाष जयसवालले प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रममा नेपाल पौडी संघका सचिव रन्जन भट्टराई, कलैया क्रिकेट संघका अध्यक्ष तसरुदिन अन्सारी,ग्यालेक्सी पब्लिक बोर्डिङ स्कुलका फाउन्डेसन प्रिन्सिपल नम्रता रिसाल,प्रगतिशील युवा क्लब डुमरवानाका अध्यक्ष कृष्णप्रसाद नेपाल,जितपुरसिमरा स्पोर्ट्स क्लबका अध्यक्ष सोमलाल बमजम,हरपुर क्रिकेट क्लबका अध्यक्ष सेराजुल अन्सारी,जिल्ला क्रिकेट संघ बाराका पदाधिकारी,खेलाडी,खेलप्रेमी,सञ्चारकर्मीहरु लगायतको उपस्तिथि रहेको थियो ।

सो कार्यक्रममा जिल्ला क्रिकेट संघ बाराका कोषाध्यक्ष सुभाष जयसवालले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रमको संचालन सचिव अनिलकुमार चौगाईले गरेका थिए ।

Leave a review

This will close in 0 seconds