वीरगञ्ज : पर्सा जिल्लामा ९८ हजार जना भन्दा बढी बालबालिकाहरुलाई भिटामिन ए क्यापसुल र जुकाको औषधी खुवाउने अभियान शुरु भएको छ।
शुक्रबार र शनिबार गरि दुई दिन देशैभरी औषधिहरु खुवाउने कार्यक्रम रहेको छ। पर्सामा ९८ हजार ८ सय ९८ जना बालबालिकाहरुलाई भिटामिन ए क्यापसुल र जुकाको औषधी खुवाईने बताइएको छ।
कार्तिक २ र ३ गते उक्त सँख्ँयामा बालबालिकाहरुलाई भिटामिन (ए) क्याप्सुल र जुकाको औषधी खुवाउने कार्यक्रम रहेको छ।
जिल्ला स्वास्थ्य कार्यालय पर्साका प्रमुख डाक्टर मुक्तिनारायण साहका अनुसार औषधि खुवाउनको लागि महानगरपालिका,नगरपालिका,गाउँपालिकाको हरेक वडाका स्वास्थ्य चौकी संघ संस्थाहरुमा खोप केन्द्र स्थापना गरिएको छ।
स्वास्थ्य कार्यालयले नजिकैको स्वास्थ्य चौकी वा स्वास्थ्य केन्द्रमा गएर उमेर पुगेका बालबालिकाहरुलाई भिटामिन ए क्यापसुल र जुकाको औषधी खुवाउन आग्रह गरेको छ ।

