पञ्चबर्षीय गढीमाई मेलामा कृषि एक्स्पोको आयोजना गरिने

साझेदारी दैनिक
407 पाठक संख्या

कलैया : राजेश कुशवाहा/ बाराको महागढीमाई नगरपालिका वडा नम्बर १ बरियारपुर स्थित गढीमाई मन्दिरमा जारी गढीमाई पञ्च बर्षीय मेला २०८१ मा कृषि एक्स्पोको आयोजना हुने भएको छ।

कनेक्ट किसान नामक संस्थाले बारा उद्योग वाणिज्य संघ कलैयाको सभाहलमा बुधबार पत्रकार सम्मेलन गरी कृषि एक्स्पोको आयोजना गर्न लागेको जनाइएको हो।

कृषि उपजको बजारीकरण गर्नका लागि अगामी मंसिर १८ गतेदेखि २४ गते सम्म कृषि एक्स्पोको आयोजना गरिने संस्थाको मेला संयोजक सञ्चिता लामिछानेले पत्रकार सम्मेलनमा जानकारी दिईन ।

मेलामा १५० स्टलहरु राखिने उनले बताईन। एक्स्पोमा कृषि उपज,मेशीनरीहरु प्रदर्शन गरिनुका साथै बिक्री गरिने समेत उनले बताईन्।

विभिन्न कृषि विज्ञहरुले किसानहरुलाई विभिन्न बालीका बारेमा सेवा उपलब्ध गराउने उनले बताईन्।

उक्त एक्स्पोलाई दैनिक डेढदेखी दुईलाख किसानले अवलोकन गर्ने अनुमान गरिएको आयोजक संस्थाका बोर्ड सदस्य राजन दाहालले जानकारी दिए।

एक्स्पोमा करिब १५ करोडको कारोबार हुने लक्ष्य रहेको आयोजक संस्थाले जनाएको छ ।

Leave a review

This will close in 0 seconds