ट्यांकरको ठक्करबाट प्रहरी जवान परियारको मृत्यु

संदिप प्रसाद यादव
संदिप प्रसाद यादव 895 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

बाराको जितपुर सिमरा उपमहानगरपालिका-२ सिमरा टेलिकम चैक नजिक तेल ट्यांकरले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ ।

सोमबार राति १० बजेर ४० मिनेटको समयमा परियारले चढेको ग १४ प ५९७२ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ना ७ ख ३०२६ नम्बरको ट्याङ्करले पछाडिबाट ठक्कर दिएको थियो ।

मृत्यु हुनेमा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान २९ वर्षीय दिनेश परियार रहेका छन् ।

उनको परवानीपुरस्थित एल.एस.न्युरो हस्पिटलमा राति १ बजेर २२ मिनेटमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

संदिप प्रसाद यादव

समाचार शेयर गर्नुहोस
Leave a review