वीरगञ्ज : पर्सा प्रहरीले ट्रकमा लुकाएर लैजादै गरेको ठूलो परिमाणमा प्रतिबन्धित लागु औषध गाँजा बरामद गरेको छ।
उसले गाँजा सहित चालक सहित दुई जनालाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलिले वीरगञ्ज महानगरपालिका–१८ भवानीपुर सिताराम चोकमा ना.३ ख ४२१२ नम्बरको ट्रकलाई जाँच गरेको थियो।
जाँच को क्रममा ट्रकको माथी हुटमा फल्स बनाई रातो प्लाष्टिकमा बेरी लुकाइ छिपाई राखिएको गाँजा प्रहरीले बरामद गरेको हो। प्रहरीले प्रति पोका १० के.जी.का दरले १६ पोकामा १६० के.जी गाँजा बरामद गरेको थियोे।
प्रहरीले ट्रकका चालक तथा गाडी धनी मकवानपुर हेटौडा उपमहानगरपालिका– ७ कमाने बस्ने कृष्ण घलान र चितवन झुरझुरे राप्ती नगरपालिका–३ बस्ने रोनाल बिश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ।
पर्साका प्रहरी प्रबक्ता डिएसपी किशोर लम्सालका अनुसार पक्राउ परेको दुबै जनालाइ लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको छ।


