पचास किलो गाँजा सहित चार जना पक्राउ

साझेदारी दैनिक
266 पाठक संख्या

वीरगञ्ज : पचास किलो गाँजा सहित पर्सा प्रहरीले चारजनालाइ पक्राउ गरेको छ।

प्रहरीले गाँजा सहित पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर–१ बिश्रामपुरका पारस यादव,मैनादिन मियाँ,वडा नम्बर–७ का अकवर मियाँ र सोही वडा छपकैया टोलका शिव महतोलाइ पक्राउ गरेको हो।

विशेष सूचनाको आधारमा खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नं.२० हरपतगञ्ज चोक स्थित कुलोको बाटो भएर चारैजनाले टाउकोमा बोकेर लागि रहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेका हरुको साथबाट चारवटा पोकामा रहेको पचास किलो गाजा बरामद गरिएको पर्साका प्रहरी प्रबक्ता डिएसपी किशोर लम्सालले साझेदारी दैनिकलाई जानकारी दिए।

गाँजा सहित पक्राउ परेका चारैजनालाइ लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको लम्सालले बताए।

Leave a review