कलैया : जय ट्रफी दुई दिवसीय क्रिकेट प्रतियोगितामा अन्तरगतको लिग चरणका खेलहरू आईतबारबाट सकिएका छन ।
मधेस प्रदेशको वीरगञ्ज र जनकपुर स्थित क्रिकेट मैदानमा जारी लिग चरणका अन्तिम खेलहरूमा मधेश प्रदेश र बागमति प्रदेश बाहिरीएका छन । मधेशलाई त्रिभुवन आर्मी क्लबले र बागमति प्रदेशलाई नेपाल पुलिस क्लबले हराएका हुन ।
मधेश र बागमतिलाई हराउदै यी दुई विभागिय टोली उपाधीका लागि फाइनलमा भिड्ने भएका छन । प्रतियोगिता अन्तरगत आर्मीले लिग चरणका खेलहरूमा एक जित र दुई ड्रसहित लिग दोस्रो स्थान हात पार्दै फाइनलमा पुगेको हो । भने पुलिस क्लबले प्रतियोगिताका लिग चरणका खेलहरूमा दुई जित र एक ड्रको साथ शीर्ष स्थानमा पुगेर फाइनलको यात्रा तय गरेको थियो ।
जय ट्रफी क्रिकेट प्रतियोगितामा मधेस प्रदेश,बागमती प्रदेश,नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब गरी चार टिम सहभागी थिए । प्रतियोगिता प्रधानमन्त्री कपका शीर्ष चार टिमबिच आयोजना गरिएको हो ।
यी दुई विभागिय टोलीवीच मङ्गलवार फाइनल खेल हुने पर्सा क्रिकेट सङ्घका अध्यक्ष मनिष सिंहले जानकारी दिएका छन ।

