कलैया : कलैयामा जिल्लाका सामुदायिक विधालयहरुको शैक्षिक गुणस्तर सुधार सम्बन्धी स्थानीय तहका प्रमुख र सरोकारवालाहरुवीच अन्तरक्रिया कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।
जिल्ला शिक्षा समितिको आयोजनामा बाराको कलैयास्थित रहेको जिल्ला प्रशासन कार्यालय बाराको सभा हलमा उक्त अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय बाराले सहयोग तथा समन्वयमा भएको उक्त अन्तरक्रिया कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाको तर्फबाट राजु अधिकारी र नेपाल राष्ट्रिय माध्यमिक विधालय ब्रहमपुरी स्कुलका प्रधानाध्यापक रमेश कुशवाहाले बिद्यालयमा रहेको चुनौती र समस्याबारे प्रोजेक्टर मार्फत प्रस्तुत गर्नु भएका थिए ।
कलैया उपमहानगरपालिकाका तर्फबाट शिक्षा,युवा तथा खेलकुद महाशाखाका शाखा अधिकृत बिजय अधिकारीले सूचना प्राविधिकमा बिद्यार्थी र शिक्षकको पहुँच नहुनु, बिधालयमा लामो अवधि सम्म शिक्षक नटिक्नु र दिवा खाजाको व्यवस्थापन गर्न गाह्रो भैइरहेको उनले बताए ।
सो कार्यक्रममा जिल्लामा रहेका सामुदायिक बिद्यालयहरुको भौतिक संरचनामा सुधार तथा शैक्षिक अवस्थामा समेत परिवर्तन गरी गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
त्यस्तै शिक्षामा सुधार गर्दै व्यवसायिक र प्राविधिक शिक्षा प्रदान गर्नुपर्ने स्थानीय सरकारका प्रमुखहरुले जोड दिएका छन् । यसैगरी कार्यक्रमलाइ सम्बोधन गर्दै शिक्षा विकास तथा समन्वय इकाइ बाराका इकाइ प्रमुख हेमराज खतिवडाले सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था मूल्यांकन गर्नुपर्ने बताएका छन् ।
विद्यालयहरूको समस्या पहिचान गरि समाधानका लागि सहकार्य गर्ने र स्थानीय तहको शिक्षा क्षेत्रमा प्रभावकारी बनाउन उनले आग्रह गरेका छन् । विद्यार्थीले विद्यालयमा नियमितता पढ्न जानू पर्ने र अभिभावकले आफ्नो भूमिका खेल्नु पर्ने बताए ।
त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जिल्लामा रहेको विधालयहरुको वर्गीकरण गरि अनुगमन गर्ने र पालिकाका शिक्षा शाखाका प्रमुखहरुसंग प्रत्येक महिनाको अन्तिममा शिक्षा अवस्था सम्बन्धि अन्तरक्रिया कार्यक्रम गर्ने बताएका छन् ।
विधालयका शिक्षकहरुको टिम प्रत्येक शनिबार एक घण्टा स्कुलको सफाई गर्न उनले प्रजिअ अधिकारीले आग्रह गरे । शिक्षक नियुक्ति र बिधालयमा हाजिर नहुने शिक्षकहरुको हाजिर कट्ठा गरि तलब समेत पठाउने प्रजिअ अधिकारीले आग्रह छन् ।
जिल्ला शिक्षा समितिका संयोजक एवम् जिल्ला समन्वय समिति बाराका सभापति नरेन्द्र कुमार साहको अध्यक्षतामा भएको कार्यक्रममा १६ औं पालिकाका प्रमुख एवम् अध्यक्ष तथा शिक्षा शाखाका प्रमुख,नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष सुरेन्द्र पासवान,जिल्ला नेपाल शिक्षक संघ बाराका अध्यक्ष राजकिशोर सहनी,रामराजा क्याम्पसका सहायक क्याम्पस प्रमुख अमित मिश्र,सशस्त्र प्रहरी बल नम्बर १२ गणका प्रहरी उपरीक्षक सन्तोष बहादुर सिंह,राष्ट्रिय अनुसन्धान उप– निर्देशक बाराका प्रमुख दिपक खड्का, जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटा,विभिन्न दलका प्रतिनिधि,शिक्षाप्रेमी,सञ्चारकर्मीहरुहरु लगायतको उपस्तिथि रहेको थियो ।
शिक्षा विकास तथा समन्वय इकाइ बाराका सूचना अधिकारी सन्तोष शर्माले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले राख्नु भएको थियो ।


