थानीमाई बन समूहको १९औं वार्षिक साधारणसभा सम्पन्न

रञ्जन यादव
312 पाठक संख्या

जीतपुर: जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ स्थित थानीमाई सामुदायिक वन समूहले आफ्नो १९औं वार्षिक साधारणसभा भव्य रूपमा सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य तथा मधेश प्रदेश सरकारका पूर्वउद्योग,वाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराई (समिर) रहनुभएको थियो । साधारण सभामा वन संरक्षण, स्थानीय समुदायको भूमिका र वनसम्बन्धी विभिन्न योजनाहरूको समीक्षा गरिनुका साथै आगामी योजना तय गरिएको थियो।

प्रमुख अतिथि मन्त्री भट्टराईले सामुदायिक वनहरूको महत्व र स्थानीय आर्थिक विकासमा यसले पु¥याएको योगदानबारे प्रकाश पार्दै सामुदायिक वनहरूको सुदृढीकरणका लागि आफनो निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले सामुदायिक वन व्यवस्थापनका लागि स्थानीय सरकार र समुदायको सहकार्य अझ मजबुत बनाउनुपर्ने आवश्यकता औंल्याए ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १, २, ३, र ४ का उपभोक्ताहरु थानीमाई सामुदायिक समुहका उपभोक्ताहरु रहेका छन् । थानीमाई सामुदायिक वन समूहका अध्यक्ष गोबिन्द अधिकारी बिनोदको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मनत्ब्य कोषाध्यक्ष श्याम सुबेदीले ब्यक्त गरेका थिए ।

कार्यक्रममा पथलैया सब डिभिजन बन कार्यालयका प्रमुख बिमल ठाकुर,वडा नं.२ का वडा अध्यक्ष धन बहादुर श्रेष्ठ,वडा नं.३ का कार्यबाहक वडा अध्यक्ष माया बि.क.,वडा नं.४ का वडा अध्यक्ष भोज बहादुर खत्री,जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठ,नेकपा माओवादी केन्द्र जीतपुरसिमरा नगर कमिटी अध्यक्ष प्रेम बराल लगायत स्थानीय जनप्रतिनिधि, वन समूहका पदाधिकारीहरू र वनका लाभग्राहीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रमको समापन धन्यवाद ज्ञापनसहित सम्पन्न भएको थियो ।

बन्द सत्रमा अध्यक्ष अधिकारीको प्रतिबेदन र कोषाध्यक्ष सुबेदीले आर्थिक बर्ष २०८०।०८१ को प्रस्तुत गर्नुभएको आयब्याय अनुमोदन गरिएको थियो । आर्थिक बर्ष २०८१।०८२ को प्रस्ताबित बजेट केहि संशोधन सहित साधारण सभाबाट पारित गरिएको थियो ।

Leave a review

This will close in 0 seconds