बारा :बाराको सुवर्ण गाउँपालिका वडा नम्बर ७ चौरहियामा शनिबार १० जना अति बिपन्नहरुलाई कम्बल बितरण गरिएको छ।
नेपाल रेडक्रस सोसाईटी बारा शाखाको सहयोगमा रेडक्रस सोसाईटी हर्दिया उपशाखाको आयोजनामा गरिब,असहाय,एकल महिलालाई कम्बल वितरण गरिएको हो।
उपशाखाका सभापति जगत कुमार यादवले उनीहरुलाई कम्बल वितरण गरेका हुन्।
गरिब असहायलाई चिसो बाट जोगाउनका लागि कम्बल बितरण गरिएको हर्दिया उपशाखाले जनाएको छ।
उक्त अवसरमा सुवर्ण गाउँपालिकाका कार्यपालिका सदस्य बिजयकुमार सिंह,निरज सिंह,मुन्ना मिया हजाम,बृजकिशोर साह,बैजनाथ महतो,बिन्दा महतो लगायतको सहभागिता रहेको थियो।

