माल बाहक ट्रकबाट लाखौको माल सामान बरामद

साझेदारी दैनिक
287 पाठक संख्या

बारा : प्रहरीले बिहीबार बाराको जीतपुर सिमरा उप–महानगरपालिका वडा नम्बर १ पथलैया चौकमा एक माल बाहक ट्रकबाट लाखौको माल सामान बरामद गरेको छ ।

प्रहरी चौकी पथलैयाका प्रहरी बरिष्ठ नायब निरिक्षक रोशन अधिकारीको कमाण्डमा खटीएको प्रहरी टोलीले वीरगंजबाट काठमाणडौँ तर्फ जादै गरेको ना ६ ख ६३९५ नम्बरको ट्रक बाट रू २४ लाख ५७ हजार ७ सय २३ रूपैया बराबरको माल समान बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

उक्त ट्रकलाई रोकी चेकजाँच गर्दा बिल बिजक भन्दा बढि र समानको स्रोत खुलाउन नसकेको प्रहरीले जनाएको छ । ट्रकबाट मोटर पार्टस,पेपर, पंखा मोटर लगायत अन्य समानहरू बरामद गरिएको छ ।

बरामद भएको माल समान सहित उक्त ट्रकलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको प्रहरीले जनाएको छ ।

Leave a review

This will close in 0 seconds