नूर आलम बादशाह । बाराको पचरौता नगरपालिकाले पहिलो पटक नयाँ प्रमुख प्रशासकीय अधिकृतको रूपमा हाजिर भएका उप सचिव नरेन्द्र परियारलाई स्वागत गरेको छ । आईतबार एक कार्यक्रमका बिच उहाँलाई स्वागत गरिएको हो ।
नगर प्रमुख जलन्धर सिंहको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा नगर उपप्रमुख नसीमा खातुन र नगर कार्यपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का वडाध्यक्ष लक्ष्मी यादवले शुभकामना मनतव्य राख्नुभएकाे थियो ।
परियार यस अगाडी गृह मन्त्रालयमा उप सचिव पदमा कार्यरत हुनुहुन्थ्याे । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निमित्त प्रमुख प्रशासकीय अधिकृतहरुको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद गरेपछि परियार आउनुभएको हो ।
नगरपालिका प्रमुख जलन्धर सिंहले नयाँ प्रमुख प्रशासकीय अधिकृतमा परियारलाई पाउँदा खुःसी व्यक्त गर्नुभयो । नगरपालिकाले उप सचिव स्तरका प्रमुख प्रशासकीय अधिकृत पाएको भन्दै उहाँले राम्रो काम गर्ने विश्वास समेत लिएको सिंहले बताउनुभयो ।
कार्यक्रममा पचरौता नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष धेनुक राउत कुर्मी,४ का कार्यवाहक वडा अध्यक्ष अखिलेश यादव,६ का वडा अध्यक्ष मकबूल मियाँ अंसारी,७ का वडा अध्यक्ष बनारसी बिन,८ का वडा अध्यक्ष प्रेम चौधरी,९ का वडा अध्यक्ष गगनदेव यादव, वडा सदस्यहरु तथा पचरौता नगरपालिकाका शाखा प्रमुख, कर्मचारीहरुले अबिर,फुलमाला एवमं दोसल्ला ओढाएर नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत गरेका छन ।
कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा प्रमुख सुरेन्द्र प्रसाद साहले गर्नुभएको थियो ।

