प्रदेशि शैक्षिक तालिम केन्द्रलाई अस्थायी कोरोना उपचार केन्द्र बनाउन अनुगमन

साझेदारी दैनिक
साझेदारी दैनिक 415 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय
बाराको सदरमुकाम कलैया उपमहानगरपालिका वडा नम्बर ३ स्थित गंगापुर रहेको प्रदेशिक शैक्षिक तालीम केन्द्रमा अस्थायी कोरोना विशेष अस्पतालको निर्माण प्रक्रिया अगाडी बढेको छ ।
आईवार वसेको सर्वदलिय वैठकको निणर्य अनुसार प्रादेशिक तालिम केन्द्रहरुलाई अस्थायी कोरोना उपचार केन्द्र स्थापना गरिने भएको हो । कोरोना उपचार केन्द्र स्थापना गर्न सरोकारवाला निकायबाट अनुगमन गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पंडित, कलैया उपमहानगरपालिकाका प्रमुख राजेशराय यादव, जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनी,सशस्त्र प्रहरी बल बारा प्रमुख प्रहरी उपरीक्षक दिगविजय सुवेदी सहितको टोली द्वारा अनुगमन गरिएको नगरप्रमुख यादवले जानकारी गराएका छन ।
यसअघि कलैया अस्पताललाई कोरोना विशेष अस्पताल बनाउन प्रदेश सरकारले निणर्य गरेपछि सर्वत्र विरोध भएपछि शैक्षिक तालिम केन्द्रमा अहिले ४० देखि ५० आइसोलेसन बेड निर्माण कलैया उपमहानगरपालिकाले गरेर कोरोना भाइरस संक्रमितहरुको उपचार गर्न सकिने नगर प्रमुख यादवले बताए ।
अनुगमन भएसंगै शैक्षिक तालिम केन्द्रमा रहेको भवनहरुको मर्मत, शौचालयको, खाने पानी, बिद्युतको मर्मत तत्काल गरिने भएको छ ।
आईतवार बसेको सर्वदलिय वैठकले तत्कालका लागि तालिम केन्द्रलाई कोरोना विशेष अस्थायी अस्पताल बनाईने र कलैया वडा नम्बर ५ मा रहेको नारायणी सिचाई कार्यालय परिसरमा दिर्घकालिन रुपमा करिब ८० लाखको लागतका दुई महिना भित्र भवन निर्माण गरि कोरोना अस्पताल संचालन गर्ने निणर्य भएको थियो ।
समाचार शेयर गर्नुहोस
Leave a review