पिछडा बर्ग (ओ.बि.सि.) आरक्षण लागु गर्नुपर्ने माग

साझेदारी दैनिक
443 पाठक संख्या

कलैया : पिछडा बर्ग (ओ.बि.सि.) आरक्षण लागु गर्नुपर्ने लगायतको पांच सुत्रिय माग राखि नेपाल पिछडा बर्ग (ओ.बि.सी) बाराले सोमबार जिल्ला प्रशासन कार्यालय बारामा ज्ञापन पत्र बुझाएको छ।

ओ.बि.सी बाराका अध्यक्ष लक्ष्मी नारायण साहको अगुवाईमा गएको एक टोलीले बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीलाई उक्त ज्ञापन पत्र बु्झाएको हो।

ज्ञापन पत्रमा उपेक्षित,उत्पिडीत र दलित बर्ग उत्थान बिकास समिति,पिछिडिएको समुदाय उत्थान समिति र बादी समुदाय उत्थान बिकास समितिमा पदाधिकारीहरु यथाशिघ्र नियुक्त गरी कार्यालय सञ्चालन गर्नुपर्ने,राष्ट्रिय समावेशी आयोगले पिछडा बर्गको घर सुचीकरण सम्बन्धी एक बर्ष पहिला मन्त्रालयमा बुझाएको प्रतिबेदन मन्त्रिपरिषदबाट पास गर्नुपर्ने लगायतका मागहरु राखिएको छ ।

यसैगरी सरकारले ल्याउन लागेका संघिय निजामति सेवा बिधेयक र शिक्षा बिधेयकमा ओ.बि.सि.लाई समावेश गर्नुपर्ने माग गरिएको छ ।

ज्ञापन पत्रको बोदार्थ प्रशासन मार्फत प्रधान मपँत्र तथा मन्त्रि परिषदको कार्यालय,गृह मन्त्रालय सिंहदरबार काठमाण्डौमा पठाईएको छ ।

Leave a review