Sajhedari Daily
Latest News from Nepal

सिमराको भेट्रान क्लबको आयोजनामा‘खसी कप फुटवल प्रतियोगीता

Top Aside Banner

बाराको सिमरामा दशैको अवसरमा ‘खसी कप फुटवल प्रतियोगीता’ आयोजना गरिएको छ ।मिमरामा रहेको पुरानो फुटबल क्लव भेट्रानले अघिल्लो बर्षहरुमा जस्तै यस बर्षपनी घटस्थापनाको दिन

‘खसी कप फुटवल प्रतियोगीता’को आयोजना गरेको हो । प्रतियोगितामा स्थानिय चार टोली सहभागी भएका थिए । खेलाडीहरुको उच्च मनोवल राख्ने उद्येश्य र सिमरामा फुटबल खेलको प्रवर्धनात्मक अभियान स्वरुप भेट्रानले बर्षेनी यस्तो प्रतियोगीताको आयोजना गर्ने गरेको जनाएको छ ।

प्रतियोगीताको उद्घाटन जीतपुरपुरसिमरा उपमहानगरपालिकाका काँग्रेस नगर सभापती तथा युवा नेता श्यामबाबु गुप्ताले गरेका थिए । सो अवसरमा वोल्दै नेता गुप्ताले खेल क्षेत्रले युवा पुस्तामा अनुशासन र स्वस्थ्यताको बिकास गराउने भन्दै स्थानिय आयोजक टिम भेट्रानलाई धन्यावाद दिएका छन ।

उनले दशमी नजिकिदै गर्दा चाडपर्वमा खेल क्षेत्रको माध्यमबाट युवा पुस्तामा सकारात्मक सन्देश फैलिने भन्दै खेल क्षेत्रको विकासमा भेट्रानले अतुलनिय योगदान दिइरहेको बताए ।

खेलमा प्रतिस्पर्धाका लागी जीत्नेलाई खसी भनिएपनी हारजित दुवै बेहोर्नेले मिलिजुली बनभोज कार्यक्रमको आयोजना गर्ने प्रथा रहेको भेट्रानका अध्यक्ष कपुर राउत(बिजय)ले जानकारी गराएका छन ।