कलैया । प्रहरीले ३५ पत्ता १०३५ गोटा लागु औषध नाइट्राभेट सहित चार जनालाई बिहीबार राति नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा कलैया उप–महानगरपालिका वडा नं ०४ बस्ने वर्ष २६ को मुकेशसाह कलवार,कलैया ९ रामपुर २० वर्षीय सुमन चौहान,सोही ठाउँका २४ वर्षीय प्रदिपकुमार साह एवम् कलैया २७ वस्ने १९ वर्षीय धिरेन्द्र कुशवाहा रहेका छन्।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बारा र लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंज,पर्साबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।
कलैया उप–महानगरपालिक वडा नं.०६ हनुमान चोक स्थितमा एक आपसमा लेन देन गर्दै गरेको अवस्थामा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले एक प्रेस विज्ञप्ति मार्फत शुक्रबार जानकारी दिएका हुन्।
उनीहरुमाथि आवश्यक कानूनी कारवाही प्रकृया अगाडी बढाईएको छ।


