बारामा लागू औषध गाँजासहित एक जना पक्राउ

साझेदारी दैनिक
528 पाठक संख्या

कलैया । बारा प्रहरीले मंगलवार २२ किलो लागू औषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाराको जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.८ लोसण्डा बस्ने अन्दाजी ४५ वर्षीय रामपुकार सहनी रहेको प्रहरीले जनाएको छ ।

विशेष सूचनाको आधारमा मंगलवार जिल्ला प्रहरी कार्यालय बारा र ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको संयुक्त प्रहरी टोलिले जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.०८ ईम्लिप्रति स्थित फिल्डमा २ वटा बोरामा लैजादै गरेको अवस्थामा लागू औषध गाजासहित सहनीलाई पक्राउ गरेको हो ।

उनको साथबाट लागू औषध गाँजा अन्दाजी २२ किलो बरामद गरिएको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले जानकारी दिए ।

उक्त औषध गाँजा वरामद गरी सहनीलाई समेत नियन्त्रणमा लिई आवश्यक कानूनी कारवाही प्रकृया अगाडी बढाईएको उनले बताए ।

Leave a review

This will close in 0 seconds