पाँच चोरीको मोटरसाइकल बरामद,तीन जना पक्राउ

साझेदारी दैनिक
1.2k पाठक संख्या

कलैया । बारा प्रहरीले पाँच चोरीको मोटरसाइकल बरामद गरेको छ। मोटरसाइकल चोरी गरेको भन्दै प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले मंगलबार एक प्रेस विज्ञप्ति मार्फत जानकारी दिएका हुन्।

प्रहरीले बाराको कोल्हबी नगरपालिका वडा नं. १ कोल्हबी बस्ने २१ वर्षीय राहुल बि.क. सोही स्थान वस्ने २३ वर्षीय अर्जुन खवास तथा सोही ठाउँ वस्ने २३ वर्षीय मुस्कान चौधरी पक्राउ परेका हुन्।

प्रहरीले प्र.२–०३–००६ प ६५१५ नम्बरको १२५ सि.सि. क्षमताको होण्डा कम्पनीको साइन मोटरसाइकल बरामद गरेको हो।

ना. ४८ ५. ६९७० नं. को टिभिएस कम्पनीको कालो रङको आरटिआर २००, बा. ९४ प. २१४६ नम्बरको बजाज कम्पनीको २२० सि.सि. क्षमताको निलो रङको पल्सर,ना. ६५ प. ८८६० नम्बरको टिभिएस कम्पनीको रातो कालो रङको स्ट्राइकर,
प्रदेश २–०३–००५ प ६२२६ नं.को टिभिएस कम्पनीको निलो रङको स्ट्राइकर मोटरसाइकल प्रहरीले बरामद गरेको हो।

विभिन्न मिति,समय र स्थानबाट मोटरसाईकलहरू हराएको/चोरी भएको हुँदा खोजतलास गरी पाउँ भनी सम्बन्धीत मानिसहरूले जिल्ला प्रहरी कार्यालय तथा ईलाका प्रहरी कार्यालय कोल्हवी बारामा निवेदन तथा जाहेरी दरखास्त दिएका थिए।

ईलाका प्रहरी कार्यालय कोल्हवी बाराबाट प्रहरी निरीक्षक रंजन मिश्रको कमाण्डमा खटी गएको प्रहरी टोलीले उक्त मोटरसाईकलहरू खोज तलास गर्दै जाँदा ५ वटा मोटरसाईकलहरू फेला पारेको हो।

वरामद गरी उक्त मानिसहरूलाई तत्कालै पक्राउ गरी चोरी सम्बन्धी कसुर मुद्धामा बारा जिल्ला अदालत बाट म्याद थप लिई थप अनुसन्धान कार्य भईरहेको प्रेस विज्ञप्तिमा जनाइएको छ।

Leave a review