सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले संकटग्रस्त क्षेत्रको व्यवस्थापनका लागि आवश्यक कार्यक्रम तथा बजेटसहितको कार्ययोजना तीन दिनभित्र तयार गर्ने जनाएको छ।
उपमहानगरपालकाको ४४ औं कार्यपालिका बैठकले यस्तो निणर्य गरेको हो । बैठकले जोखिम र चुनौतीहरूको प्रभावकारी व्यवस्थापनका लागि निर्णयहरू गरेको हो।
बैठकले प्रत्येक वडामा विपद् व्यवस्थापन समिति गठन गर्ने र संकटग्रस्त क्षेत्रको व्यवस्थापनका लागि आवश्यक कार्यक्रम तथा बजेटसहितको कार्ययोजना तीन दिनभित्र तयार गर्ने जनाईएको छ ।
वडाबाट प्राप्त कार्ययोजनाका आधारमा उपमहानगरपालिकाले नगरस्तरीय विपद् व्यवस्थापन समितिमा छलफल गरी अन्तिम निर्णय लिनेछ। उक्त निर्णयलाई जिल्ला समन्वय समिति कार्यालय, बारा र जिल्ला प्रशासन कार्यालय, बारामा पेश गर्ने जनाईएको छ ।


